बुटवल,मङ्सिर १ ।
प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले मुलुक बनाउन सबै पार्टीभित्र शुद्धीकरण आवश्यक रहेको बताउनुभएको छ । पार्टी र नेताहरु गाली गलौचमा मात्रै उत्रिनु ठिक नभएको भन्दै मुलुक बनाउनका लागि सबै पार्टीमा बिचार मन्थन हुन जरुरी रहेको र समयानुसार चल्न सक्ने क्षमता जरुरी हुने उल्लेख गर्नुभयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८० ’को उद्घाटन गर्दै भण्डारीले नेपाललाइ पाँच बर्षमा चाहेजस्तो बनाउन सकिने दाबी गर्नुभयो ।
‘केहि समय अघिसम्म सबैभन्दा गरिब रहेका छिमेकी देशहरु अहिले संसारका सबैभन्दा धनी भएका छन् ,हामी तिनीहरुको बिचमा छौं ,हाम्रो देश मात्रै किन बनेन। ’ उहाँको प्रश्न छ । देशलाई आइटीको हव,शिक्षाको हव र स्वास्थ्यको हब बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रफम, रिफर्म तथा ट्रन्सफर्म आवश्यक :
उहाँले जनताको पहुचका लागि तीन तहका सरकार बनाएको र अहिले ती संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पु¥याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउनुभयो ।अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको भण्डारीको भनाइ छ । उहाँले देशको यही अवस्थाकाकारणले नेपाली बिदेशिने क्रम बढेको बताउँदै यसलाइ रोक्न आवश्यक रहेको बताउनुभयो ।नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा प्रफम बढाउदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा उहाँको जोड छ ।
भण्डारीले सरकार दुख पर्दा बोल्नु पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको र अब कांग्रेसले अभिभावकत्व ग्रहण गर्नुपर्ने धारणा राख्नुभयो ।देशलाई लुट्ने थलो बनेको आरोप लगाउदै उहाले प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको उल्लेख गर्नुभयो ।नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको समेत धारणा राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पुग्ने बताउनुभयो । पूर्व स्वास्थ राज्यमन्त्री समेत रहनुभएका उहाँले नेपालका दक्ष जनशक्ति बिदेश गईरहनु निकै दुःखद भएको बताउदै यसलाई रोक्नुपर्ने उल्लेख गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिती संयोजक उमाकान्त चपाइले उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताउनुभयो ।तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गर्नुभयो ।
सो अवसरमा तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे,उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेन प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, मेला स्थल जग्गाधनी मुक्ती पाठक,मेला सह आयोजनक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले बोल्दै मेला महोत्सवले आर्थिक गतिबिधि चलायमान गराउने बताउनुभयो ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भण्डारी (माधव)ले बताउनुभयो ।
मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी गरि ११९ टोलि सहित प्रभात फेरि कार्यक्रम भएको प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पाण्डेले जानकारी दिनुभयो ।प्रभात फेरि कार्यक्रम मेला सचिवालय बाट कफि कम्पनी, मणिग्राम चोक, कृमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुनेर उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ पुरस्कार प्रदान गरिएको थियो।
थारु सास्कृतिक मयुर नाच बुटवल १९ प्रथम भएको छ भने श्रीकृष्ण युवा क्लब तिलोत्तमा १२ टुकटुकिया द्वितीय, तिलोत्तमा बहुमुखी सहकारी सस्था तिलोत्तमा २ तृतीय र मिलन आमा समुह तिलोत्तमा १४ टिकुलिगड र जागृति आमा समूह तिलोत्तमा ५ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताउनुभयो ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिनुभयो ।मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू छन् । सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म मेला चल्ने छ ।

सम्बन्धित समाचारहरू पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)