Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ बाट कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीसहित ४ जना सिफारिस

गुल्मी १ बाट कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीसहित ४ जना सिफारिस

  • 3.1K
    SHARES

  • गुल्मी १ बाट कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीसहित ४ जना सिफारिस

    बुटवल,भदौ १९ ।

    गुल्मी क्षेत्र न.१ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारी प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् ।  गुल्मीमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र र प्रदेशका चार निर्वाचन क्षेत्र छन्। 

    भण्डारीले क्षेत्र न.१ मा २०७० सालको संविधान सभामा निर्वाचनमा एमाले नेता प्रदीप ज्ञवालीलाई हराएका थिए । ०५१ देखि ०६४ सम्म लगातार एमालेले जित हात पारेको थियो भने ०६४ को पहिलो संविधानसभा निर्वाचनमा भण्डारी ज्ञवालीसँग पराजित भए ।

    डा.भण्डारी पार्टिको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका हुन् । आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले डा.चन्द्र भण्डारी, युवराज कंडेल,पारिश्वर ढकाल र भरतबहादुर बस्नेतको नाम सिफारिस गरेको हो ।

    कांग्रेस गुल्मी क्षेत्र नम्बर-२ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसालको नाम सिफारिस भएको छ ।gulmi 1 congress.jpg

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology