Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ मा एमालेबाट प्रदीप ज्ञवाली र २ मा गाेकर्ण विष्टसहित ३ जना सिफारिस

गुल्मी १ मा एमालेबाट प्रदीप ज्ञवाली र २ मा गाेकर्ण विष्टसहित ३ जना सिफारिस

  • 2.4K
    SHARES

  • गुल्मी १ मा एमालेबाट प्रदीप ज्ञवाली र २ मा गाेकर्ण विष्टसहित  ३ जना सिफारिस

    बुटवल,भदौ, १९ ।

    नेकपा एमालेले गुल्मी क्षेत्र नम्बर–१ मा प्रदीपकुमार ज्ञवालीलाई उम्मेदवार सिफारिस गरेको छ ।

    नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको रिडीमा बसेको भेलाले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए ।

    ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका छन् । उनी ०७० सालमा भने नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँग पराजित भएका थिए ।

    गुल्मी क्षेत्र नम्बर–२ मा गोकर्णराज बिष्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले क्षेत्र नम्बर–२ को भेलाले गोकर्णराज बिष्टका अलवा राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

    सिफारिस भएकामध्ये बिष्ट ३ पटकसम्म निर्वाचित सांसद हुन् । बिष्ट ०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन् ।

    बिष्ट ०६४ सालमा माओवादी केन्द्रका सागर थापासँग पराजित भएका थिए । सिफारिस भएकामा राजेन्द्र अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन् भने शेषकान्त गौतम एमाले गुल्मीका नेता हुन् ।

    क्षेत्र नम्वर २ को (क) प्रदेश सदस्य उमेदवारमा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ ।

    प्रदेश (ख) मा नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology