बुटवल,भदाै १८ ।
नेपाली कांग्रेसका युवा नेता रबिन्द्र घिमिरे गुल्मी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सांसदको लागि सिफारिस भएका हुन ।
हिजो बसेको बैठकले घिमिरेलाई प्रदेश सांसदको लागि सिफारिस गरेको हो । लामो समय राजधानीमा रहेर विद्यार्थी राजनीति गरेका घिमिरे गुल्मीका बौद्धिक एवं इमानदार नेताको रुपमा पहिचान बनाएका छन । साथै उनी संगै अन्य ६ जनाको नाम प्रदेशका लागि सिफारिस भएको हो ।
गठबन्धनको संघमा समाजबादीलाई जाँदै गर्दा गुल्मीका २ वटै प्रदेश कांग्रेसले दावी गर्ने छ । यस्तै माओवादीले संघमा टिकट प्राप्त गरेपनी नेपाली कांग्रेसले २ वटै प्रदेश आफुले राख्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)