बुटवल,भदाै १८ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ गुल्मी क्षेत्र नम्बर २ (क) बाट प्रदेश सांसदमा सिफारिस भएका छन् ।
मंसिर ४ मा हुन गैरहेको चुनावमा प्रत्यक्ष तर्फबाट उनी सिफारिस भएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सभापति झविन्द्र अर्यालले बताए ।
पूर्व नेपाली काङ्ग्रेस गुल्मीका सभापति समेत रहेका श्रेष्ठ नेपाली काङ्ग्रेसका कार्यक्रता बिच अत्यन्तै लोकप्रिय मानिन्छन् । सरल र सादगी जीवन जिउने श्रेष्ठ चिर परिचित छन् ।
श्रेष्ठ नेपाली काङ्ग्रेसबाट सांसदका लागि सिफारिस भएपनि उनी गठबन्धनबाट उम्मेदवार बन्ने कांग्रेस गुल्मीले जनाएको छ ।
त्यस्तैगरि क्षेत्र न २ प्रदेशसभा क का लागी प्रत्यक्षतर्फ लोक प्रसाद खरेल सिफारिस भएका छन् ।
उनी बुटवल बहुमुखी क्याम्पसको सभापति हुदै नेपाली काङ्ग्रेस गुल्मी जिल्ला सदस्य साथै बुटवलका विभिन्न संघसस्थामा नेतृत्व प्रदान गरेका छन् । कानुन बिषयमा स्नातकोत्तर गरेका खरेल कानुन व्यावसायी हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)