Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चुनाव लड्न कांग्रेस नेता डा.शेखरले बनाए दमदार टीम,उम्मेदवारी दर्ता

चुनाव लड्न कांग्रेस नेता डा.शेखरले बनाए दमदार टीम,उम्मेदवारी दर्ता

  • 3.9K
    SHARES

  • चुनाव लड्न कांग्रेस नेता डा.शेखरले बनाए दमदार टीम,उम्मेदवारी दर्ता

    बुटवल,मंसिर २५ । 

    नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको दाबेदार रहेका डा.शेखर कोइरालाको टीम तयार पारेर उम्मेदवारी दर्ता गरेका छन् ।

    शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ , महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा छन् ।

    सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार छन् ।

    उनीहरु सबैले शनिबार दिउँसो महाधिवेशनस्थल भृकुटीमण्डपमा गई उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्तापछि काँग्रेसका नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् । पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नयाँ सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताए ।

    ५१ प्रतिशतभन्दा बढि युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको दावी छ  । नेता कोइरालाले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौँ । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरू युवा भएकाले आफूहरुको प्यानलनै विजयी हुनेछ ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology