Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस सिध्याउने अधिकार कसैलाई पनि छैन : डा.चन्द्र भण्डारी (भिडियो )

कांग्रेस सिध्याउने अधिकार कसैलाई पनि छैन : डा.चन्द्र भण्डारी (भिडियो )

  • 5.0K
    SHARES

  • कांग्रेस सिध्याउने अधिकार कसैलाई पनि छैन : डा.चन्द्र भण्डारी (भिडियो )

    बुटवल,असाेज १४ ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता डा.चन्द्र भण्डारीले कांग्रेस सिध्याउने अधिकार कसैलाइ नभएको बताउनुभएको छ ।

    कांग्रेसभित्र अहिले जे पनि भैरहेको भन्दै यसमा खबरदारी गर्न कार्यकर्तालाइ आग्रह समेत गर्नुभयो । कांग्रेस बनाउन हरेकको त्याग र समर्पणसंगै रगत प्रयोग भैरहेको भन्दै उहांले कांग्रेसको बिउ बांच्नुपर्ने धारणा राख्नुभयोे ।
    ‘कांग्रेस सिद्धिनुभएन,राजाका बेला नसिद्धिएको,माओबादीका बेला नसकिएको ,लुकेर दुबै झैं भोट हाल्ने कांग्रेसलाई अहिले आफ्नैबाट सम्स्यामा परेको भन्दै भण्डारीले कांग्रेस बनाउने अधिकार छ तर बिगार्ने अधिकार कसैलाइ पनि नभएको बताउनुभएको छ ।

    भण्डारीले अगाडी भन्नुभयो—‘कांग्रेस बिगार्ने पार्टीभित्रकै दुष्ट हुन्,वा बाहिरका वा कम्युनिष्टका दुष्ट यी सबै देशका दुष्ट हुन् उहांले भन्नुभयो ।’

    छत्रकोट रुपन्देही सम्पर्क समितिद्वारा बुटवलमा आयोजित बडादशैं,दीपावली,छठ,नेपालसम्बत लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै उहांले कांग्रेस अबको चारबर्षपछि कांग्रेस आफुहरुको नेतृत्वमा आउने समेत ठोकुवा गर्नुभयो ।

    उहांले मंसिर चारमा सहि नेतृत्व छनोट गर्न र नेता छान्नेबेला जनताले प्रस्न गरेर मात्रै भोट हाल्नुपर्ने उहांको धारणा छ । कांग्रेस नेतृत्वलाइ बेलैमा खबरदारी गर्न पार्टी कार्यकर्तालाइ उहांले आग्रह समेत गर्नुभयो । एमालेले हरेक प्रश्नको जवाफमा बृद्धभत्ताको रटान मात्रै गर्ने गरेको टीप्पणी गर्दै उहांले उनीहरुको एजेण्डा नै नभएको र अरुलाइ गाली गर्ने काम मात्रै भएको आरोप लगाउनुभयो ।

    नेता भण्डारीले अहिले समानुपातिकको नाममा चरम भागबण्डा र परिवारबाद लादिएको भन्दै त्यो आफुहरुलाइ कदापी मान्य नहुने समेत चेतावनी दिनुभयो ।उहाले समानुपातिकको सुची सच्चाएरै छाड्ने र बिवादित मान्छेलाइ सुचीबाट हटाउने समेत दाबि गर्नुभयो । देशमा प्रधानमन्त्री बन्छु भन्ने धेरै भएपनि उनीहरुका एजेण्डा प्रष्ट नआएको उहांको टीप्पणी छ ।

    सो अबसरमा छत्रकोट रुपन्देही सम्पर्क समितिका अध्यक्ष धातानन्द कडेल,क्षेत्र न १ क्षेत्रिय सभापसित पारिश्वर ढकाल,महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी,सचिव परमानन्द भट्टराइ,घनश्याम पन्त,गोपाल पाण्डे,सन्तोष् गौतम,कर्णबहादुर कार्की,डा ओमप्रकाश अर्याल,सचिब कृष्ण भण्डारी लगायतले बोल्दै कांग्रेसलाइ जिताउने अभियानलाइ गांउगांउसम्म पुर्याउने बताएका छन् ।

    chandra bhandari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology