तिलोत्तमा,बैशाख २२ ।
कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाड्ने बाहेक अन्य केही काम नगरेको बताए । उनले वीर गोर्खालीको उपमा पाएको नेपालीलाई खाडिमा बस्नुपर्ने बाध्यता रहेको बताए ।
कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन, भेण्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने,–’कोरोनाको महामारीमा जनताले सिटामोल, अक्सिजन भेण्टिलेटर खोजेको बेला तत्कालीन प्रधानमन्त्री केपि ओलिले आफैले बनाएको पानी जहाजमा डुल्दा डुल्दै कसैलाई साथमा राख्न सकेनन् ।’
सपनामा डुल्दा डुल्दै पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईलाई साथमा राख्न नसकेको बताउदै उनले ओली अझै त्यो सपनाबाट बाहिर उठ्न नसकेको टिप्पणी गरे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको गठबन्धनको नगर स्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै गठबन्धनलाइ जिताउन अपील गरे ।
उनले जनप्रतिनिधिहरुमा महिला सहभागितालाई कांग्रेसले ब्यवस्था गरेको बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)