काठमाडौं ,असार ६।
नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारलाई क्रिकेट ग्राउन्ड बनाउन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘क्रिकेट ग्राउन्ड त बनाइदिऊँ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले यो कुरालाई पनि बुझ्नुपर्छ ।’
उनले माउन्टेन चढ्ने कुराका लागि पनि विश्वविद्यालय बनाइदिन आग्रह गरे ।सांसद भण्डारीले भने, ‘लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस् हजारौं बेडको । संसारभरका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन् । के छैन नेपालमा ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयअनुसार चल्न सकेनौं कि समय बुझेनौं कि ? त्यसको बारेमा सोच्नपर्दैन ?’
अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)