बुटवल,जेठ ३-
नेपाली काँग्रेस नेता डा.चन्द्र भण्डारीले सत्तासिन दल जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । उनले केही घटनाहरु मानिसको चेत खुलाउने हुन्छन् तर यस्ताे भयावह कोभिड -१९ महामारीमा पनि नेपालका नेताहरुको चेत नखुलेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेख्दै भनेका छन-‘कोरोनाले पनि हाम्रो नेतृत्वलाई देश र जनताप्रति उत्तरदायी बनाई दिए हुन्थ्यो ,एक मुट्ठी श्वासको कति महत्त्व छ र जीवन कति क्षणभङ्गुर छ तैपनि हामी ब्रह्मलूटमा लागेका छौ ।’ उनले ‘लासको थुप्रो माथि बस्नु राजगद्दीमा बस्नु होईन’ समेत भनेका छन् ।
सरकार जनताप्रति उत्तरदायी नभएकोमा असन्तुष्टि पोख्दै डा भण्डारी लेख्छन् -‘केही घटना मानिसको चेत खुलाउने हुन्छन् जसले उनीहरुको जीवनमा आमुल परिवर्तन ल्याईदिन्छ जस्तै सिद्धार्थ गौतम बुद्ध बन्नु, रत्नाकर डाकु वाल्मीकि बन्नु, हिंसृक अशौक बुद्धमार्गी बन्नु ।’

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)