बुटवल,बैसाख १ ।
बिगत २ महिनादेखि भारतमा उपचाररत कांग्रेस नेता डा.चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् ।
गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
सांसद समेत रहेका उनले सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)