Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.चन्द्र भण्डारीको प्रश्न : युवाहरु पुच्छर बन्ने की नेतृत्व लिन तयार हुने ?

डा.चन्द्र भण्डारीको प्रश्न : युवाहरु पुच्छर बन्ने की नेतृत्व लिन तयार हुने ?

  • 1.7K
    SHARES

  • डा.चन्द्र भण्डारीको प्रश्न : युवाहरु पुच्छर बन्ने की नेतृत्व लिन तयार हुने ?

    काठमाडाैँ,भदौ ११ ।

    नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले युवापुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् । उनले नेपाली काँग्रेसमा नयाँ नेतृत्वको खाँचो रहेको बताए । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले हरेक पार्टीमा रहेका युवाहरू नेतृत्व तहमा जाने की नजाने भन्ने दोधारमा रहेको बताएका हुन् । 

    उनले नेपाली काँग्रेसमा पनि परिवर्तनको खाँचो रहेको बताए। उनले अहिले भएका नेतृत्व तहबाट आगामी दिनमा मुलुक अघि बढ्न नसक्ने उनको दाबी छ । उनले भने, ‘जो हरेक पार्टीमा नेतृत्व गर्ने युवाहरू छन् । ती सबै युवाहरू टाउको बन्ने की पुच्छर बन्ने भन्ने कुरामा अलमलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन्, जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको छ । यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ ।

    के वर्तमान नेतृत्वबाट नै मुलुकले निकास पाउँछ ? के वर्तमान नेतृत्वबाट हामी अघि बढ्न सक्छौँ ? मलाई लाग्छ, वर्तमान नेपालको राजनीति वर्तमान नेताहरूबाट चल्न सक्दैन । उहाँहरू सत्ताको केसीमा सफल हुन सक्नुभएन । भोलिका दिनमा उहाँहरूको नेतृत्वबाट यो मुलुक अघि बढ्छ भन्ने लाग्दैन । काँग्रेसभित्र परिवर्तनको खाँचो छ । नयाँ नेतृत्वको पनि खाँचो छ ।’

    नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे। उनले देशका १८ वर्षभन्दा माथिका युवाहरू विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठुलो चुनौती भएको उल्लेख गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology