Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

  • 129
    SHARES

  • शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

    काठमाडौँ,साउन ६ ।

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम उक्त शुल्क खारेज गर्ने निर्णय गरेको हो।

    व्यापक आलोचनापछि प्रधानमन्त्री बालेन शाहसँगको परामर्शमा अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले उक्त शुल्क हटाउने प्रक्रिया अगाडि बढाएको छ। ६ साउन, काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ ।

    अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने,’ निर्णयमा भनिएको छ ।

    आर्थिक वर्ष २०८३/८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । लागू भएको शुल्कका सन्दर्भमा व्यापक आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो ।प्रधानमन्त्री र अर्थमन्त्रीबिच लामो परामर्शपछि उक्त निर्णयबाट पछि हट्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । त्यसपछि मंगलबार दिउँसो प्रधानमन्त्री बालेन शाह आफैंले सो शुल्क हटाउन प्रक्रिया थालिने घोषणा गरेका थिए ।

    मन्त्रीपरिषद् बैठकका सात निर्णयहरू यी हुन्

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology