Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसभित्र सहीलाई सही र गलतलाई गलत भन्न पाईने संस्कार छ : डा.चन्द्र भण्डारी

कांग्रेसभित्र सहीलाई सही र गलतलाई गलत भन्न पाईने संस्कार छ : डा.चन्द्र भण्डारी

  • 2.8K
    SHARES

  • कांग्रेसभित्र सहीलाई सही र गलतलाई गलत भन्न पाईने संस्कार छ :  डा.चन्द्र भण्डारी

    गुल्मी,कार्तिक २१ । 

    नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अधिनायकवादका ‘एसमेन’ हरुले कांग्रेसलाई विद्रोहको पाठ पढाउन खोज्नु हास्यास्पद भएको बताउनुभएको छ । नेता भण्डारीले अधिनायकवादले जेलिएको आफ्नै पार्टीभित्र चुईक्क बोल्न नसक्नेहरुसँग विद्रोहको पाठ पढाउने कुनै नैतिक आधार नभएको जिकीर गर्नुभयो ।

    चुनावी अभियानका क्रममा आज रेसुङ्गा नगरपालिकामा भएको कार्यक्रममा बोल्दै प्रतिनिधीसभा गुल्मी १ का उमेद्धवार रहेका भण्डारीले कांग्रेसभित्र सहीलाई सही र गलतलाई गलत भन्न पाईने संस्कार भएको बताउनुभयो ।

    “हामीमा गलतलाई सही नभने मुख्यको प्यारो भइन्न कि भन्ने त्रास छैन, तपाइँहरुले देख्दै र सुन्दै आउनुभएको छ,”  भण्डारीले भन्नुभयो  “कति विषयमा हामीले नेतृत्वसँग खुलेर तार्किक विमर्श गरिरहेका हुन्छौँ, तर उनीहरुसँग त्यो आँट छैन भित्रभित्र खराब काम भयो भनेर पोलिरहेको छ तर बोल्ने हिम्मत छैन बिचरा एसमेन ।”

    आफ्ना प्रतिस्पर्धी उमेद्धवार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीतर्फ इङ्गित गर्दै भण्डारीले आफ्नो पहलमा शुरु भएका योजना पुरा गरी अनर्गल प्रचार गर्नु गैरराजनीतीक चरित्र भएको बताउनुभयो ।

    केही दिनअघि हुँगाको एक कार्यक्रममा बोल्दै ज्ञवालीले कांग्रेस, माओवादी जनमोर्चा लगायतसँग गठबन्धन गरेर गलत बाटेमा लागेको भन्दै त्यसका विरुद्ध असली कंग्रेसहरुले विद्रोह गर्नुपर्ने आशयको अभिव्यक्ति दिनुभएको थियो ।

    भण्डारीले भन्नुभयो ” बहुमतको उन्माद् थेग्न नसकेर असंवैधानिक तवरले संसद विघटन गर्ने,आफ्नै पार्टी फोड्न अध्यादेश ल्याउने, भ्रष्टाचारका काण्डैकाण्डले किर्तीमान बनाउने, कोभिडकालमा जनता घरभित्र थुनेर सांसद अपहरण गर्न पठाउनेहरुसँग विद्रोह गर्ने ल्याकत कोसँग रहेछ देखियो नि ।”

    त्यसको प्रतिउत्तर जस्तो देखिने भण्डारीको अभिव्यक्तिले केपी ओलीको गलत कदमको आलोचना गर्न चुकेको भनी ज्ञवालीमाथि उठ्दै आएको प्रश्नलाई थप बलियो बनाईदिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology