Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा.चन्द्र भण्डारी भन्छन्- ‘बिचौलियालाई रातो कार्पेट,नयाँ भेरियन्टको कडा कोरोना !

डा.चन्द्र भण्डारी भन्छन्- ‘बिचौलियालाई रातो कार्पेट,नयाँ भेरियन्टको कडा कोरोना !

  • 2.7K
    SHARES

  • डा.चन्द्र भण्डारी भन्छन्- ‘बिचौलियालाई रातो कार्पेट,नयाँ भेरियन्टको कडा कोरोना !

    बुटवल, असार २१ ।

    नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले जताततै बिचौलिया रहेको टिप्पणी गरेका छन् । उनले तरकारीदेखि न्यायालयसम्म रहेका बिचौलिया अहिले बजेट निर्माणसम्ममा पुगेको टिप्पणी गरे।

    ट्वीटर ह्याण्डलमा उनले लेखेका छन्, ‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म !’

    ‘बिचौलियालाई रातो कार्पेट ! नयाँ भेरियन्टको कडा कोरोना !’, उनले अगाडि लेखेका छन् ।

    यस्ता काममा बिचौलियालाई राज्यका निकायले नै रातो कार्पेटमा स्वागत गरेको उनको आशय छ । जसलाई नयाँ भेरियन्टका कडा कोरोना भनी उनले कटाक्ष गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology