बुटवल,मंसिर १६।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले पुराना पुस्ताबाट पार्टी नचल्ने बताएका छन् । रूपन्देहीको भैरहवामा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन समाराेहलाइ सम्बाेधन गर्दै उनले भने -‘डेट एक्सपायर नेताबाट अब मुलुक बन्दैन ।’
‘बिज्ञान प्रविधि कहाँ पुग्याे हामीलाइ फाेटाे खिच्न र कुराकानी गर्न नयाँ-नयाँ माेवाइल चाहिने तर देश बनाउन नसक्ने पुराना नेताका पछि किन लाग्ने ? अब यसरी देश बन्दैन,नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ ।’उनले भने ।
पुराना पुस्ताबाट पार्टी नचल्ने भन्दै यो महाधिवेशनले नयाँ सन्देश दिनुपर्ने उनको भनाइ छ । ‘नेताहरू दुइजिब्रे भए ,गफ मात्रै लाउने, यसरी बिकास ,सम्पन्नता,समृधि कहिलेआउँछ ? ,गाँउदेखि केन्द्रसम्म कांग्रेसको नेतृत्व बदल्न जरूरी रहेको छ ।’ उनले भने ।
प्रदेश अधिबेशन सर्बसम्मत तरिकाले नेता चुन्न पनि उनले गृहमन्त्री बालकृष्ण खाँणलाइ पहल गर्न आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)