Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देहीको भैरहवामा कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन शुरू,गृहमन्त्री खांणले गरे उद्घाटन 

रूपन्देहीको भैरहवामा कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन शुरू,गृहमन्त्री खांणले गरे उद्घाटन 

  • 3.2K
    SHARES

  • रूपन्देहीको भैरहवामा कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन शुरू,गृहमन्त्री खांणले गरे उद्घाटन 

    बुटवल,मंसिर १६।

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन रूपन्देहीको भैरहवामा शुरू भएको छ । प्रदेश अधिवेशनको गृहमन्त्री बालकृष्ण खांणले जननायक वीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर उद्घाटन गरे । 

    भैरहवाको महेन्द्र सभागृहमा अधिवेशन उद्घाटन भएको हाे। साे समाराेहमा नेपाली कांग्रेसका नेताहरू डा.चन्द्र भण्डारी,भरतकुमार शाह,देबेन्द्रराज कडेँल , प्रमाेद यादव,लुम्बिनी प्रदेशका सांसदहरू,महाधिबेशन,प्रदेश प्रतिनिधि,लुम्बिनी प्रदेश अन्तर्गतका कांग्रेसका निर्वाचित जिल्ला सभापतिहरू,नगर तथा वडा सभापतिहरू,लगायत नेता कार्यकर्ताको बाक्लाे सहभागिता रहेको छ ।

    उद्घाटनपछि शुक्रबारबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। बिहीबार दिउँसोसम्म मतदाता नामावली प्रकाशन, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान हुने कार्यतालिका रहेको प्रदेश निर्वाचन अधिृकत डा बुद्धबहादुर थापाले नागरिक अनलाइनलाइ बताए।congress adibesan lumbinii.jpg

    प्रदेशभरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरी १ हजार ४ सय ८८ ले मतदान गर्नेछन्। यद्यपि यो संख्या मतदाता नामावली प्रकाशनपछि मात्रै यकिन हुने थापाले बताए। अधिवेशनमा तीन हजारभन्दा बढीको सहभागिता रहने लुम्बिनी सचिवालय सदस्य चिरञ्जीवी जोशीले बताए। 

    पहिलाेपटक कांग्रेसको प्रदेश अधिवेशन :

    नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु भएको हाे । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गरेका हुन् । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

    प्रदेश-१ को अधिवेशन विराटनगरमा, प्रदेश-२ को जनकपुरमा, वाग्मतीको हेटौँडामा, गण्डकीको पोखरामा, लुम्बिनीको भैरहवामामा, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

    प्रदेश अधिवेशनका लागि तीन-तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले छ । देश सङ्घीयतामा गएपछि कांग्रेसले सङ्गठन संरचना वडा, पालिका, प्रतिनिधि सभारप्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।

    कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुनेछ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आजदेखि प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लामा नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुनेछ ।

    नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् । २७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन् । कांग्रेसले पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।

    अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम छन् । यी जिल्लाबाट महाधिवेशन प्रतिनिधि भने चयन भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाण्डौमा हुँदैछ । nc.jpg

    संस्थापन इतर समुहले लुम्बिनी प्रदेश समितिका लागिका उम्मेदवारहरुको नामावली सार्बजनिक गरिसकेको छ । संस्थापनले  भने सभापतिमा भरतकुमार शाह बाहेकका उम्मेदवारहरुको नामावली सार्बजनिक गरेको छैन ।

    हेराैँ संस्थापन इतर समुहले लुम्बिनी प्रदेश समितिका लागिका उम्मेदवारहरुको नामावली : 

    संस्थापनइतर समूहबाट प्रदेशमा साझा उम्मेदवारी दिने निर्णयसहित लुम्बिनीमा दीपक गिरी र डा.चन्द्र भण्डारीलाई जिम्मेवारी दिइएको थियो ।

    सभापति-अमरसिंह पुन रोल्पा,उपसभापति-भुवन श्रेष्ठ गुल्मी,अष्टभुजा पाठक रुपन्देही,महामन्त्री- विक्रम खनाल नवलपरासी, सुरेन्द्रराज आचार्य कपिलवस्तु,सह-महामन्त्री -खगराज पाण्डे दाङ, विष्णु मुस्कान अर्घाखाँची र निमा गिरी प्युठान महिला रहेका छन् ।

    यी खबरहरू पनि हेराैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology