Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा भरतकुमार शाह र अमर सिंह पुनको भिडन्त

कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन : सभापतिमा भरतकुमार शाह र अमर सिंह पुनको भिडन्त

  • 5.1K
    SHARES

  • कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन  : सभापतिमा भरतकुमार शाह र अमर सिंह पुनको भिडन्त

    बुटवल,मंसिर १५ । 

    नेपाली कांग्रेसको लुम्बिनी प्रदेशअधिवेशन मंसिर १६ गतेदेखि शुरू हुदैछ । नयाँ तालिका अनुसार १६ गते मतदाताको नामावली प्रकाशन ,१७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन हुनेछ।

    कांग्रेस लुम्बिनीको प्रदेश सभापति पदका लागि भरतकुमार शाह र अमर पुनबीच प्रतिस्पर्धा हुने भएको हाे।अधिवेशनमा संस्थापन अर्थात् देउवा पक्षबाट शाह र इतर पक्षबाट पुन उमेदवार बन्न लागेका हुन्। भरतकुमार शाह रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य तथा संसदको लेखा समिति सभापति हुन्।

    उनी सोही क्षेत्रबाट २०५६ र २०७० का चुनावमा पनि विजयी भएका थिए। अमर पुन कांग्रेस रोल्पाको निवर्तमान जिल्ला सभापति हुन् । उनी यसअघि दोस्रो संविधान सभाका सदस्य पनि हुन्। शाह र पुन दुवै जना राज्यमन्त्री बनिसकेका नेता हुन्। 

    प्रदेश महामन्त्री पदमा भने गुल्मी कांग्रेसका निबर्तमान सभापति भुवन श्रेष्ठ,अर्घाखाँचीका निबर्तमान सभापति बिष्णु मुस्कान लगायतको चर्चा छ ।

    लामो समय पार्टीमा काम गरेको र पटकपटक सांसद भएकाले पनि आफूले प्रदेश सभापति पद जित्नेमा विश्वस्त रहेको शाहले बताए। ‘४० वर्षदेखि पार्टीमा सक्रिय छु। ३ पटक जितेको सांसद हो’सभापति जित्नेमा ढुक्क छु।’ शाहले भने ।

    संस्थापन इतरमा पनि उनी शेखर कोइरालानिकट मानिन्छन्। जिल्ला अधिवेशनमा संस्थापन इतरको प्यानल पर्चाको माथिपट्टि प्रदेश सभापति भनेर उनको नाम पनि थियो। 

    ‘निर्वाचित हुनेमा म ढुक्क छु’, उनले भने-‘म द्वन्द्वप्रभावित जिल्लाको हुँ। विगतमा पार्टीका १ सय २० भन्दा बढी अग्रज मारिएका छन्। सभापतिमा जितेँ भने रोल्पा, रुकुमसहित प्रदेशमा पार्टीको संगठन चुस्तदुरुस्त बनाउँछु।’ अमर पुनले भने ।

    सम्पन्न जिल्ला अधिवेशनको नतिजाअनुसार लुम्बिनी प्रदेशमा संस्थापन इतर अर्थात् रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, रुकुम पूर्वमा संस्थापन इतर पक्षका सभापति विजयी भएका छन्।

    रुपन्देही र बर्दियामा संस्थापन पक्षका सभापति भएका छन्।  कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ।matadan karyatalika.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology