Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘अब पार्टीको रसिदले मात्रै देश बन्दैन,माथि उठाैँ’ : डा.चन्द्र भण्डारी (भिडिओ)

‘अब पार्टीको रसिदले मात्रै देश बन्दैन,माथि उठाैँ’ : डा.चन्द्र भण्डारी (भिडिओ)

  • 1.8K
    SHARES

  • ‘अब पार्टीको रसिदले मात्रै देश बन्दैन,माथि उठाैँ’ : डा.चन्द्र भण्डारी (भिडिओ)

    बुटवल,मङसिर १७ ।

    नेपाली काँग्रेसका नेता एंव प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताउनुभएको छ ।

    नेपाल बन्न नसक्नु र पछाडि पर्नुको मुख्य कारण नै भ्रष्टाचार भएको भन्दै उहाँले यसको निर्मूल गरेर मात्रै देश अगाडि बढ्न सक्ने धारणा राख्नुभयो । उहांले पञ्चायतमा जनताले पनि खानेपानी,सडक,शिक्षाको माग गर्ने गरेकोमा अहिलेको चुनावमा  पनि जनताले त्यहि समस्या उठाउनु परेको स्मरण गर्नुभयो ।

    नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भण्डारीले भन्नुभयो–‘३० बर्षमा पनि मुलुक जहाँको त्यहीँ छ ,१० जनाका नेताका लागि देश बनेको होला तर आम जनताका लागि देश बन्न सकेन,त्यसैले एकपटक देशलाइ माथि राखेर सबैले सोचौँ,बिकासमा जुटौं,पार्टीको रसिदले मात्रै देश बन्दैन । ’

    नेता भण्डारीले जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनु भष्ट्राचार नै प्रमुख कारण रहेको बताउनुभएको हो । उहाँले देशमा जताततै दलाल समुहहरू हावि हुदा बेथिति बढेको बताउनुभयो ।

    dr chandra bhandari (4).jpg

    देशको रोग हामीलाई थाहा छ, हाम्रो विचार समूहमा धेरैजसो डाक्टर छौं, अब हामी नै निदान गर्छौ’ उहाले भन्नुभयो– ‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो बिचार बोकेर ,सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको उहाँको भनाइ छ । उहाँले उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

    ब्याक्ति भन्दा बिचार र योजना ठूलो कुरा हो : 

    काँग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ?तपाईंको राय के छ? भन्ने पत्रकारको जिज्ञासामा उहाले भन्नुभयो –‘ प्रत्यक्ष निवार्चन भएको भए पो व्याक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो, तर अब जितेका सांसदहरुहरूले प्रधानमन्त्री बनाउने हो, त्यसैले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न हुँदैन ,ब्याक्ति भन्दा बिचार र योजना ठूलो कुरा हो ।’

    काग्रेस महाधिवेशनपछि आफुहरूको विचार समूहले पार्टिमा पुस्तान्तरणको सवाल उठाएको बताउदै सबै समूह,दल र नेताहरुविच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने उल्लेख गर्नुभयो  । ‘कसैले ईच्छा राख्दैमा प्रधानमन्त्री हुने त होईन, यो बिषयमा पार्टि सभापति शेरबहादुर जि, प्रचण्ड जि, माधव जिहरुसंग पनि छलफल गरेर निर्णयमा पुग्ने हो, बाटैमा बोलेर बिषयान्तर गर्न हुन्न’ उहाको भनाइ छ ।

    नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपि ओलीसंग पनि परामर्श गरिने उहाँको भनाइ छ ।गुल्मी  क्षेत्र न १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएका  भण्डारीले गुल्मीलाइ नमुना बनाउने धारणा राख्नुभयो ।  नेता भण्डारीले राजनिती थुप्रै समस्याहरू रहेकाले समाधानका लगि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology