Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चुनाव जितेपछि गुल्मीमा ४ वटा पुलको ठेक्का लगाईसक्यौँ : डा.चन्द्र भण्डारी

चुनाव जितेपछि गुल्मीमा ४ वटा पुलको ठेक्का लगाईसक्यौँ : डा.चन्द्र भण्डारी

  • 2.0K
    SHARES

  • चुनाव जितेपछि गुल्मीमा  ४ वटा पुलको ठेक्का लगाईसक्यौँ  : डा.चन्द्र भण्डारी

    बुटवल,पुस २ ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता तथा गुल्मी१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले जनताको विश्वास जित्नेगरि नेताहरुले काम गर्न नसके विकराल समस्या झेल्नु पर्ने चेतावनी दिएका छन् ।

    बाम लोकतान्त्रिक गठबन्धन प्रचार समिति गुल्मीले आज बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सांसद भण्डारीले नेताहरु प्रति युवाहरुको विश्वास घटेको बताए ।‘नेताहरू प्रति विश्वास घटेको छ, कुर्चि छाड्न पाका नेताहरू तयार छैनन्, कडा प्रतिरोध गरे एमाले जस्तै टुक्राटुक्रा भन्ने डर छ’, उनले भने, ‘भाबी मुख्यमन्त्री भनिएकै कारण सुदर्शन बराललाई हराईयो, म पनि मन्त्री बन्छु भनेको भए सायद हराइदिन्थे ।’

    उनले गुल्मीलाई कसरी देशकै नमुना जिल्ला बनाउने भन्ने चुनौती आफुहरूमाथि आएको बताउँदै अभिभावक बिहिन बनेको गुल्मीको सडकको अभिभाकत्व बन्ने जिम्मेवारी बमोजिम चुनाव जिते लगत्तै रूद्रबेनी देखि वामीटक्सारको सडकमा ४ वटा पुलको ठेक्का लगाईएको दाबी गरे ।

    आफुले सुरू गरेको सालझण्डी तम्घास जोड्ने सडक अभिभावक बिहिन भएको अवस्थाको पनि अन्त्य भएको उनले बताए । उदघाटनको र शिलान्याशको फोटो खिच्नका लागि आफुले काम नगर्ने बताउँदै भण्डारीले गुल्मीलाई देशकै नमुना बनाउने अभियानको थालनी गरिएको जानकारी दिए ।
    ७ हजार बढी रूपन्देहीमा बसोबास गर्ने गुल्मेलीलाई बधाई दिँदै उनले रूपन्देहीबाट गाउँ फर्केर मत नदीएको भए जित्न कठिन रहेको स्मरढा गराए ।
    उनले देशमा भ्रष्टाचारले डुङदुङी गनाएको अवस्था रहेको बताउँदै जुनसुकै तरिकाले भ्रष्टाचारको अन्त्य गर्न जरूरी रहेको बताए । उनले चन्द्र भण्डारीले घुस खायो भन्ने सुन्न नदिने प्रतिबद्धता ब्यक्त गरे । गुल्मीले नेपालको नेतृत्व गर्न सक्नेगरि काम गर्ने उनले घोषणा गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology