Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसका नेताद्वय डा.शेखर कोईराला र डा.चन्द्र भण्डारी बुटवल आउँदै

कांग्रेसका नेताद्वय डा.शेखर कोईराला र डा.चन्द्र भण्डारी बुटवल आउँदै

  • 3.6K
    SHARES

  • कांग्रेसका नेताद्वय डा.शेखर कोईराला र डा.चन्द्र भण्डारी बुटवल आउँदै

    बुटवल,कात्तिक १६। 

    नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्यद्वय डा।शेखर कोईराला र डा.चन्द्र भण्डारी बुटवल आउने भएका छन् । कांग्रेस गुल्मी- रूपन्देही सम्पर्क समितिले बुटवलमाआयोजना गर्न लागेको अन्तरक्रिया तथा शुभकामना आदान-प्रदान गर्ने कार्यक्रमलाइ सम्बोधन गर्न बुटवल आउने भएका हुन् ।

    सम्पर्क समितिले बुधबार बुटवलको कालीकानगरमा रहेको रोज पाटी प्यालेसमा  बिजयादशमी, शुभ-दीपावली ,छठ तथा नेपालसम्बतको अबसरमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

    सो कार्यक्रममा डा.कोईराला ,डा. भण्डारी,गुल्मी कांग्रेस सभापति भुवन प्रसाद श्रेष्ठ लगायत नेता कार्यकर्ता सहभागि हुने तय भएको कांग्रेस गुल्मी-रूपन्देही सम्पर्क समितिका सहसचिव तथा कांग्रेस बुटवल नगर सचिव छाँया पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    सो कार्यक्रममा सहभागिता जनाउन आम नेता-कार्यकर्तालाइ अनुरोध गरिएको सम्पर्क समितिका अध्यक्ष घनश्याम पन्तले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology