Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वदेश फिर्तापछि डा.चन्द्र भण्डारीले भने-‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्’

स्वदेश फिर्तापछि डा.चन्द्र भण्डारीले भने-‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्’

  • 4.0K
    SHARES

  • स्वदेश फिर्तापछि डा.चन्द्र भण्डारीले भने-‘कुनै नेपालीले आगोमा जल्नु नपरोस्’

     काठमाडौं, वैशाख १४।

    नेपाली कांग्रेसका नेता एवम् सांसद डा.चन्द्र भण्डारी स्वदेश फर्कनु भएको छ। 

    भारतको मुम्बईस्थित नेशनल वर्न अस्पतालमा उपचाररत उहाँ आइतबार साँझ स्वदेश फर्कनु भएको हो। त्यस क्रममा उहाँले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मी सबैप्रति आभार र धन्यवाद व्यक्त गर्नुभयो। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को वर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको बताउनुभयो। 

    उहाँले सो अस्पतालको निर्माणमा सहयोग गर्न पनि सबैलाई अपिल गर्नुभयो। प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका सांसद भण्डारीले भन्नुभयो, ‘‘एउटा ठूलो दुर्घटनाबाट हामी आएका छौं। हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाइ दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउनु परेको छ।मेरी आमा हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु। मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर। नेपालमा धेरै आमाबुबाले दुर्घटनाबाट ज्यान गुमाउनु भएको छ। धेरै युवायुवतीले ज्यान गुमाउनु भएको छ। यी हाम्रा दुःखद् पक्ष हुन्।’’ Chandra-bhandari neka.jpg

    स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँ स्वदेशमै बसेर उपचार गर्नेगरी स्वदेश फर्कनु भएको हो। उहाँ गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते हुनुभएको थियो। सोही घटनामा घाइते हुनुभएका नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology