काठमाडौं,असोज ४ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
मनोनित हुनेमा गुल्मीका डा.चन्द्र भण्डारी,अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, रुपन्देहीका भरतकुमार शाह,पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा रहेका छन् ।
देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी,हुमागाई र शारदा पौडेल बाहेक अन्य संस्थापन पक्षका हुन् । भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)