Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गठबन्धनभित्र सहमतिमै सरकार गठन हुन्छ : डा.चन्द्र भण्डारी

गठबन्धनभित्र सहमतिमै सरकार गठन हुन्छ : डा.चन्द्र भण्डारी

  • 1.7K
    SHARES

  • गठबन्धनभित्र सहमतिमै सरकार गठन हुन्छ : डा.चन्द्र भण्डारी

    गुल्मी,मंसिर १६  ।

    नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यस पटक जनताको पक्षमा काम गर्न आफू मन्त्री बन्ने सोचमा रहेको बताउनुभएको छ ।

    कांग्रेस गुल्मीले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सो कुरा बताउनुभएको हो । मन्त्री बन्नका लागि मात्र नभई काम गर्नका लागि यस पटक मन्त्री बन्ने सोचमा छु उहाँले भन्नुभयो ।  

    आफू यस पटक गठबन्धनको सरकारबाट काम गर्नेगरी मन्त्री बन्ने र सकभर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि सहकार्य गरेर अगाडि बढ्ने गरी वातावरण बनिरहेको दावी गर्नुभयो ।  

    युवाहरुको जोश र जाँगरबाट समस्याहरु समाधान हुन सक्ने भन्दै युवा नेताहरुको नेतृत्व आवश्यक रहेको बताउनुभयो । गठबन्धन भित्र पनि युवालाई सरकारको नेतृत्व दिनेगरी छलफल चलाउनुपर्ने उहाँको भनाइ छ । 

    पार्टी र गठबन्धनभित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उहाँले बताउनुभयो । यस्तै, जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामलाई पूरा गर्नेगरी काम गर्ने पनि उहाँको भनाइ छ । गुल्मीलाई बिकास निर्माणले नमूना जिल्ला बनाउने गरी आफूले योजना बनाएको उहाँको दावी छ । भण्डारीले जिल्लामा गठबन्धन अर्धरुपमा सफल भएको चर्चा गर्नुभयो । 

    गुल्मी क्षेत्र नं १ को प्रदेश सभा (ख) का सांसद धनेन्द्र कार्कीले जिल्लाको बिकास र निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने बताउनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology