बुटवल, फागुन ७ ।
खाना पकाउने ग्याँस लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । उहाँको ३दिनदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।
कांग्रेस नेता योगराज कंडेलको ताजा फेसबुक स्टाटस हेराैँ:-
आदरणीय चन्द्र भण्डारीज्यूको
पछिल्लो अपडेट - १०
०९:०० वजे (राती)
आज विहान डा. मुकेश मिस्राज्यूसंग काउंसिलिंग पश्चातको अपडेट राखिन किनकी हिजोवाट चन्द्र दाजीलाई नली मार्फत खाना शुरू गरिएको थियो तर विहान डिहाईड्रसनका कारण पिसाव कम भयो र प्लेटलेट्स एक लाखमा झरेको भन्ने जानकारी डाक्टरले गराउनु भएको थियो । डा. मिस्राले डिहाईड्रेसनका कारण तरलको मात्रा बढाउँछौ साँझ सम्म ठिक हुन्छ भन्नु भयो । साथै प्लेटलेट्स २-३ दिनमा बढी हाल्छ भन्नु भयो । सोही वमोजिम अहिले भर्खरै डा. अमुल मात्रेज्यू सँग भेट पश्चातको काउंसिलिंगमा पिसावको मात्रा नर्मल रहेको, र अन्य पारामिटर समेत नर्मल रहेको जानकारी गराउनु भयो । दिउसो वहाँको छातीको फिजियो गरायो साथै अहिले वहाँलाई शिशा वाहिरवाट हेर्दा आँखा खुला राखेर हेरि रहेको अवस्था थियो ।
मुहारको डडेको कालो छाला झरि नयां पलाउन लागेको जस्तो देखिन्छ । कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारेको छ । भोली कृतिम अक्सीजनलाई ० गर्ने र प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा. मात्रेले वताउनु भयो । -अस्पताल परिसरवाट
योगराज कंडेल 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)