Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

रास्वपा सरकारको नियत नै ठिक छैन : एमाले महासचिव शंकर पोखरेल

रास्वपा सरकारको नियत नै ठिक छैन : एमाले महासचिव शंकर पोखरेल

  • 186
    SHARES

  • रास्वपा सरकारको नियत नै ठिक छैन : एमाले महासचिव शंकर पोखरेल

    बुटवल,कार्तिक १६ ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश कस्ले चलाइरहेको छ भनेर प्रश्न गरेका छन् । बालेन्द्र शाह रास्वपाबाट निर्वाचित भएर प्रधानमन्त्री भएको बताउँदै स्वयम रास्वपा पनि सन्तुष्ट नभएकाले सरकारले कस्ले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको बताए ।

    प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री दल, संसद र नागरिक कोही प्रति पनि जवाफदेही नभएको बताए । उनले सरकार, संसद, राज्यका संयन्त्रहरु भएपनि त्यसलाई निष्कृय बनाउन खोजिएको बताए । 

    उनले पत्रकार र सञ्चार गृहमाथिको धरपकड संविधान विपरित भएकाले यसबारे सरकार बोल्नुपर्ने बताए । ‘छानविन गर्ने कुरा एउटा हो तर, सरकारको नियत नै ठिक छैन‘ उनले भने । 

    उनले इमान सापकोटाको प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहले नै प्रयोग गरेको हुनसक्ने आशंका गरे । झापामा प्रधानमन्त्री शाहको चुनावी प्रचारमा खटिएको व्यक्तिले राज्यका निकायलाई असफ बनाउन प्रयोग गरिएको त होईन भन्ने शंका उब्जाएको उनले बताए । 

    उनले रास्वपा समेत खुशी नभएको अवस्थामा सरकार बाहिरी शक्तिको खैलौना भएको हुनसक्ने आशंका गरे । भूराजनीतिक अवस्थाले नेपाल इतिहासकै कठिन मोडमा आइपुगेको बताए । सरकारको कार्यशैली नसच्चिए मुलुक थप संकटमा फस्ने उनले बताए । 

    उनले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालयमा विद्यार्थी युनियनका अधिकार नियन्त्रण गर्ने तथा सञ्चारगृहबाटै पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीलाई धम्क्याउने काम भइरहेको आरोप लगाए । सरकारले सुशासनको नारा दिए पनि सार्वजनिक खरिद प्रक्रिया र संवैधानिक निकायमाथिको व्यवहारमा प्रश्न उठेको बताउँदै सरकार गलत बाटोमा रहेको बताए । 
    उनले सरकार गठन भएको सात महिनामै मुलुक गम्भीर आर्थिक संकटतर्फ धकेलिएको बताए ।

    निजामती सेवाको उमेर हद घटाउने प्रस्तावले कर्मचारी प्रशासन र सुरक्षा निकायमा गरिएको हस्तक्षेपले सरकार फासीवाद तर्फ लागेको बताए । पोखरेलले संविधान निर्माणमा भूमिका खेलेका एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन आह्वान गरे ।  विगतमा राजनीतिक दलहरू एकताबद्ध भएर लोकतान्त्रिक आन्दोलन सफल बनाएझैँ अहिले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि साझा प्रयास आवश्यक रहेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १७ २०८३०२:३५:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology