Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नेता भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी,अवस्था स्थिर

कांग्रेस नेता भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी,अवस्था स्थिर

  • 1.7K
    SHARES

  • कांग्रेस नेता भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी,अवस्था स्थिर

    बुटवल,फागुन ४ ।

    बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

    उक्त अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने मुम्बईमा रहनुभएका कांग्रेस नेता योगराज कँडेलले नागरिक अजलाइनलाई जानकारी दिनुभयो ।chandra dai accident.jpg

    नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन् । भाेलि पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिनुभयो ।

    भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो ।

    नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उहाँको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

    आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला घाइते हुनुभएको थियो । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो  । नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology