बुटवल,कार्तिक २४ ।
नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताउनुभएको छ ।
उहांले जनताले दिएको झण्डै दुइतिहाइको मत सदुपयोग गर्न नसक्ने,पार्टी फुटाउने,संविधान लत्याउने र संसद गिराउने नेता र एमाले पार्टीलाई भोट हाल्न नहुने उहाले टीप्पणी गर्नुभयो ।
देशले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने गरि गठबन्धन शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता रहेको उहांको भनाइ छ ।
बिहीबार गुल्मी रुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रीक गठबन्धन निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले देशमा रोजगारी नदिने र युवाहरूलाई विदेश पठाउने तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताउनुभयो ।

अखण्ड लुम्बिनी बचांउन बुटवलमा आफुले बृहत आन्दोलनको नेतृत्व गरेकोे स्मरण गर्दै नेता भण्डारीले यसपटक पार्टीको रसिद भन्दा माथि देश सम्झेर चुनाव जिताउन आग्रह गर्नुभयो । उहाले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो – ‘ नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो ।अब जो सुकैहोस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पति नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो ।’बेइमान नेताहरूका कारण देश बन्न नसकेको उहाँले बताउनुभयो ।

सो अबसरमा कांग्रेसका समानुपातिक उम्मेदबार त्रलोक्य प्रताप सेनले अब जनता संविधान र लोकतन्त्रको पक्षमा खुलेर गठबन्धनलाइ जिताउनुपर्ने बताउनुभयो । एमाले ,राजाबादी र बिखण्डनकारीको तालमेल प्रतिगमनकारी रहेको उहांको आरोप छ ।
गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ का उम्मेदवार धनेन्द्र कार्कीले गुल्मीमा गठबन्धन जित नजिक रहेको भन्दै रुपन्देहीमा रहेका सबै गुल्मेलीलाइ मत दिन जिल्ला आउन आग्रह गर्नुभयो ।

गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘१’ का उम्मेदवार सुदर्शन बराल जनमतको अबमुल्यन र जनताको अपमान गरे ओलीलाइ मंसिर ४ मा साइजमा ल्याउनुुपर्ने बताउनुभयो ।
उहांले अधिनायकवाद सहितको अहंकारको लाई साईजमा ल्याउन मंसिर ४ मा निर्णायक फैसला गर्न आग्रह गर्नुभयो । सो अबसरमा कांग्रेसमा युवाहरु प्रवेश गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)