Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई मात्रै छ : डा.चन्द्र भण्डारी [भिडीयाे सहित]

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई मात्रै छ : डा.चन्द्र भण्डारी [भिडीयाे सहित]

‘ओेली नेतृत्वको सरकारले जनताका पक्षमा काम गर्न नसकेपछि जनतासामु आत्मसमर्पण गर्नु सकारात्मक’

  • 8.1K
    SHARES

  • संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई मात्रै छ :  डा.चन्द्र भण्डारी [भिडीयाे सहित]

    बुटवल,पुस २७-

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् ।

    प्रधानमन्त्री केपि शर्मा ओलीले पुस ५ गते गरेको संसद बिघटन संविधान बिपरित रहेको भन्दै उनले सर्बोच्च अदालतमा रहेको बिचाराधीन मुद्धामाथि शडकबाट फैसला गर्न नहुने समेत प्रष्ट पारे  ।

    ‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो,सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’उनले भने  ।आफ्नै असक्षमताले जनताका पक्षमा कुनैपनि काम गर्न नसकेपछि सरकारले जनतासामु आत्मसमर्पण गरेको उनको निश्कर्ष छ ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा कार्यक्रममा बोल्दै उनल भने—‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ,त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबैदलले मान्नुपर्ने छ,अहिले देश क्राइसिसमा छ,क्राइसिसका बिचबाट अवसरहरु पैदा गर्नुपर्दछ ।’

    काम गर्न नसक्ने असक्षम दलका नेतालाइ चुनावबाट बिदाइ गर्नुपर्छ :

    उनले सर्बोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसहरुले बोल्नु गलत भएको बताए ।‘विधिको शासन र व्यवस्थाप्रति विस्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु हुदैनथियो ।’ उनले भने ।

     

    वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको समेत उनले बताए ।‘अब हुने निर्वाचनबाट नेपाली जनताले यस्ता काम गर्न नसक्ने असक्षम दल र नेतालाइ बिदाइ गर्नेछन् ,त्यसैले यो अवसर पनि हो ।’ उनले भने ।

    करिव दुई तिहाई बहुमतको सहितको नेकपाको सरकार असफल भएकाले अब जनताले नया आफै मूल्यांकन गरेर फैसला गर्ने उनले बताए । भण्डारीले भने—‘कोरोनाका बेला पनि नेकपाभित्र जनजीविककाका सवाल भन्दापनिा बढी कुर्सी र पदकै लागि झगडा भइरह्यो,यो सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक हो ।’chaaaan.jpg

    अहिलेका नेताहरु असक्षम भएकाले अबको निर्वाचनबाट सबैलाइ फकाइ-फकाइ बिदाइ गर्नुपर्छ र अभिभावक बनाएर राख्नुपर्ने भण्डारीको भनाइ छ ।

    अखण्ड लुम्बिनीको पक्षमा बोल्दा निर्बाचन क्षेत्र नै काटेर मलाइ हराइयाे !

    कांग्रेसका प्रभावशाली नेता भण्डारीले नेपाली कांग्रेसको महाधिबेशन भदौभित्र गरिसक्नुपर्ने भन्दै उनले सक्रिय सदस्यताको विवाद माघसम्म टुंगिने उनले बताए ।ccca.jpg

    देश र संविधान धरापमा भएकाले कांग्रेसले मात्रै यसको समाधान गर्ने र देशलाइ बचाउने उनको दाबि छ । फरक प्रशंगमा भण्डारीले आफुले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफुलाई सबैतिरबाट खेदिएको र निर्वाचनमा हराउन गुल्मीमा निर्बाचन क्षेत्र नै काटेर यताउता समेत गरिएको स्मरण गरे ।

    साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।  

    khel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology