Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीलाइ नमुना बनाउने अभियानलाइ सार्थक बनाउन गठबन्धनलाइ भाेट :डा.चन्द्र भण्डारी

गुल्मीलाइ नमुना बनाउने अभियानलाइ सार्थक बनाउन गठबन्धनलाइ भाेट :डा.चन्द्र भण्डारी

  • 1.6K
    SHARES

  • गुल्मीलाइ नमुना बनाउने अभियानलाइ सार्थक बनाउन गठबन्धनलाइ भाेट :डा.चन्द्र भण्डारी

    बुटवल, मंसिर १ ।

    नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा गुल्मी क्षेत्र नं १ का उम्मेदबार डा.चन्द्र भण्डारीले काम गरेर समाज परिवर्तन गर्ने बताउनुभएको छ ।

    गुल्मीको छत्रकोट गाउँपालिकाको अँगाहा बजारमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहांले यसपटक आफु र आफ३नो टीमलाइ बिजय गराएर गुल्मीलाइ नमुना बनाउने अभियानलाइ सार्थक बनाउन आगह गर्नुभएको छ ।

    क्षेत्र न १(१) का धनेन्द्र कार्किले आफुले मतदातालाई हुनै नसक्ने सपना नबाड्ने बताउनु भएको छ । गठबन्धनको जीत हुँदै गर्दा अत्तालिएर प्रतिपक्षहरुले हुँदै नहुने सपना देखाएर जनतामा भ्रम सिर्जना गर्न लागेको भन्दै जनताका वास्तविक आवश्यकता पुरा गर्नका लागि आफु प्रदेश सभाको उम्मेदवार भएको बताउनु भयो ।

    कार्यक्रममा मतदाताहरुलाई संबोधन गर्दै उनले आफुले प्रदेश सांसदको रुपमा गएपछि यहाँका नागरिक र सरकारको बीचमा पुलको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्किले गाउँको मुख्य समस्या बसाइँसराई भएको भन्दै यहाँ गुणस्तरीय स्वास्थ्य र सर्बसुलभ शिक्षाको प्रवन्ध गरेर बसाइँसराई रोकि गाउँमा रोजगारीको प्रबन्ध गर्नु मुख्य उद्देश्य रहेको बताउनु भयो । कार्यक्रममा  गठबन्धनका नेता तथा कार्यकर्ताको बाक्लो सहभागिता रहेको थियो ।

    चुनाव जिते मन्त्री बन्नेछन् डा. चन्द्र भण्डारी  :

    amrtit.jpg

    आइतबार हुने हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम गुल्मेली जनताका लागि विशेष हुने छ । आफूले निर्वाचित गराएर पठाएको प्रतिनिधि मन्त्री होस् र जिल्लाको विकासमा ध्यान देओस् भन्ने चाह राख्ने मतदाताका लागि डा चन्द्र भण्डारीको जित थप महत्वपूर्ण हुने एतिहासिक बन्ने देखिन्छ । 

    नेपाली कांग्रेसमा प्रभावशाली मानिने नेता डा. चन्द्र भण्डारी यसपटक प्रतिनिधि सभामा निर्वाचित भएपछि गुल्मेली जनताले फेरि मन्त्री पाउने निश्चित नै छ ।

    मुलुकको रुपान्तरण र भ्रष्टाचारको अन्त्यलाई मुल राजनीतिक मुद्दा बनाएका भण्डारीले आगामी सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने गरी राजनीतिक समीकरण हुने भएकाले पनि मतदातामा उत्साह देखिएको छ ।

    यस अघिका निर्वाचनमा गुल्मी–१ बाट चुनाव जितेका एमालेका उपमहासचिव प्रदीप ज्ञवाली डा। चन्द्र भण्डारीसँग चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।  पटक पटक चुनाव जिताएर मन्त्री बने पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको भन्दै मतदाता ज्ञवालीसँग असन्तुष्ट देखिएको पाइन्छ ।

    आगामी निर्वाचनमा सहकार्य गरेको लोकतान्त्रिक–वाम गठबन्धनले बहुमत ल्याउने लगभग पक्का भएकाले एमाले प्रतिपक्ष पार्टी बन्ने लगभग निश्चित भएको कांग्रेस गुल्मीको दाबी छ ।

    निर्वाचित गराएर पठाएको नेता मन्त्री पनि नबने र जिल्लाको विकासमा योगदान पनि दिन नसकने भएकाले  ज्ञवाली भन्दा भण्डारी मतदातको रोजाइमा पर्ने बारे त्यति द्धिविधा छैन ।

    निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने घोषणा भएकाले चुनाव जिते गुल्मीबाट आगामी बन्ने मन्त्री मण्डलमा डा। चन्द्र भण्डारी र रामकुमारी झाँक्री पर्ने लगभग निश्चित नै छ । 

    केन्द्रीय राजनीतिको समीकरण र व्यक्तिको प्रभावले चुनावी नतिजा भण्डारी अनुकुल हुने देखिएको छ । जुनियर नेताहरु मन्त्री बनिसक्दा स्पष्ट राजनीतिक दृष्टिकोण भएका भण्डारीलाई निर्वाचित गराएर मन्त्री भएको हेर्ने चाहना गुल्मेली मतदातामा देखिन्छ।

    नेपाली कांग्रेसका युवा नेता तथा गुल्मी अस्लेवा स्थानीय वासिन्दा तुल्सीराम पाण्डे भन्छन्, ‘राजनीतिमा स्पष्ट दृष्टिकोण भएका र केन्द्रीय राजनीतिमा पनि प्रभाव भएका डा चन्द्र भण्डारीले चुनाव जित्दा गुल्मीको विकासमा थप योगदान गर्न सक्ने भएकाले मतदाताको रोजाइ भण्डारी नै हुने देखिन्छ ।’

    गुल्मीबाट चुनाव जिताएर मन्त्री बनेका प्रदीप ज्ञवालीले जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको र असंवैधानिक रुपमा गरिएको संसद विघटनको पक्षमा उभिएकाले फेरि मत माग्ने नैतिक आधारसमेत गुमाएको बताउँछन् छत्रकोट गाउँपालिका–२ का स्थानीय शम्शेर कार्की । 
     
    नेपालको राजनीतिक इमान्दार, निष्ठावान तथा स्पष्ट दृष्टिकोण भएका भण्डारी  राष्ट्रवादी छविसँगै भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा परिचित छन् । 

    स्वार्थ केन्द्रीत राजनीतिको चक्रव्युँहमा रूमलिएको मुलुकमा भण्डारी जस्ता निस्कलंक नेता प्रतिनिधि सभामा आउनुपर्ने भन्दै सत्याग्रही डा। गोविन्द केसी, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल लगायतका वौद्धिक व्यक्तिहरुले डा। भण्डारीलाई निर्वाचित गराउन गुल्मेली जनतालाई अपिलसमेत गरेका छन् । 

    नेपालको राजनीतिमा शक्ति आर्जन गर्न विभिन्न सम्झौता गर्ने होडबाजी चलिरहँदा डा। भण्डारी त्यस्तो प्रवृत्तिविरुद्ध आफ्नो अडान कायम राख्दै आएका नेता हुन् । 

    मुलुकको हितका लागि पार्टी भित्र र बाहिर विद्रोह गर्न सक्ने डा चन्द्र भण्डारी पार्टी निर्णयविरुद्ध अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको नेतृत्व गरेका थिए । जसका कारण पहाडबाट तराई अलग हुनबाट जोगिएको थियो । 

    कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा प्रतिस्पर्धा गरेका भण्डारी बहुसङ्ख्यक हिन्दू रहेको नेपालमा पूर्वीय दर्शनको महत्वलाई मुलुकले आत्मसाथ गर्नुपर्ने बताउँदै आएका छन् । 

    डा. भण्डारीको सम्झौताविहीन राजनीति :


    गुल्मीको छत्रकोट गाउँपालिका– १ हुँगामा जन्मिएका नेता भण्डारी नेपाली कांग्रेसले सञ्चालन गरेको पञ्चायत विरुद्धको आन्दोलनसँगै राजनीतिमा होमिएका थिए । 

    युवा अवस्थादेखि नै स्पष्ट वक्ता भण्डारी राजनीतिक चेतप्रति स्वर्गीय गिरिजाप्रसाद कोइराला पनि प्रभावित बनेका थिए । नेपाली कांग्रेसले नेतृत्व गरेको २०४६ सालको जनआन्दोनका क्रममा कोइरालाई पञ्चायत विरुद्धको विभिन्न आन्दोलनमा कमाण्डको रुपमा विभिन्न जिल्ला खटाएको थियो । 

    निर्दलीय पञ्चायत व्यवस्था विरूद्धको आन्दोलनमा भण्डारी पक्राउ परी पाँच वर्ष जेल जीवन बिताएका थिए । उनीमाथि तत्कालीन राज्य व्यवस्थाले चरम यातनासमेत दिएको थियो ।
     
    २०१८ सालमा गुल्मीको हुँगामा जन्मिएका भण्डारी २०३३ सालमा वीपी कोइरालाबाट प्रभावित भई नेपाली कांग्रेसको राजनीतिमा होमिएका थिए । ३०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनले २०३६ सालको आन्दोलनका क्रममा पक्राउ परी जेल परेका थिए । 

    २०३८ सालमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको नेपाल विद्यार्थी संघका सभापति बनेका भण्डारी २०४२ सालको सत्याग्रह आन्दोलनमा रहेका बेला जेल परे । २०४४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बने । पञ्चायत विरूद्धको आन्दोलनमा सक्रिय भएका उनी तत्कालिन व्यवस्थाको आँखाको तारो बनेका थिए ।

    २०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा गिरिजा प्रसाद कोइरालासँग देशभर भएको आन्दोलनको अग्रमोर्चामा खटिने भण्डारी उपस्थित नहुने आन्दोनल खल्लो हुने स्वयं कोइरालाले बताउने गर्दथे ।पार्टी भन्दा देश माथि रहनुपर्छ भन्ने भण्डारीको दृष्टिकोण र पञ्चायत ढाल्न उनले गरेका भाषण नेपालको राजनीतिमा अहिले पनि चर्चा हुने गर्छ ।

    पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको स्थापना पछि २०४८ सालमा भण्डारी नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीमा निर्वाचित बनेका थिए । २०६२–०६३ को जनआन्दोलमा सक्रिय रही संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेका भण्डारीलाई कांग्रेसमा गणतन्त्रको एजेण्डा प्रवेश गराएको श्रेय दिने गरिन्छ ।

    यी समाचारहरु पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology