गुल्मी,असोज २४ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा संविधान सभाका सदस्य डा.चन्द्र भण्डारीले गुल्मी जिल्लालाई विकासको नमुना जिल्ला बनाउने घोषणा गर्नुभएको छ ।
आगामी मङ्सिर ४ गते सम्पन्ने हुने प्रतिनिधि सभा सदस्यका प्रत्यासी नेता भण्डारीले आइतबार सदमुकाम तम्घास स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ । सो अवसरमा उहाँले निर्वाचित भए पछि सम्पूर्ण ध्यान जिल्लाको विकास र समृद्धिमा खर्च गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउन प्रतिनिधि सभामा आफूलाई खरो रुपमा प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाका लागि गुल्मी क्षेत्र नम्बर–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बन्नुभएका भण्डारीलाई सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवार घोषणा गरेको हाे ।
नेता भण्डारीले जिल्लाको समग्र विकास तथा भ्रष्टाचारको उन्मुलन तथा राष्ट्रिय स्वाधिनतालाई आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताउँदै आउनुभएको छ ।
राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भण्डारीलाई गुल्मी जिल्लामा विकास प्रेमी नेताका रुपमा लिने गरिन्छ । उहाँले मुलुकमा व्याप्त भ्रष्टारका कारण वेतिथी मौलाउँदा युवा पुस्तामा निराशा छाएको र विदेशीने क्रम बढेको भन्दै भ्रष्टाचारको अन्त्य गरी मुलुकले समृद्धिको बाटो बढाउनुको विकल्प नभएको बताउनुभयो ।
मनोनयन दर्ता पछि सञ्चारकर्मीले नेता भण्डारीका भावी योजना तथा चुनाव जित्ने आधारबारे जिज्ञाशा राखेका थिए । त्यस क्रममा नेता भण्डारीले आफू संविधानसभा सदस्य निर्वाचित भएपछि जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरेको र त्यसको साझी स्वयं समग्र जिल्लाबासी जनता र मतदाता रहेकाले बताउँनुभयो ।
नेता भण्डारीले भन्नुभयो ‘‘ जिल्लाको विकास हेर्नुहुन्छ भने १० बर्ष पहिले हामीले जे परियोजनाहरु सञ्चालन गरेका थियौँ ती सम्पन्न हुने बाहेक थप विकासका काम हुन सकेनन नै अत्यन्तै दुखद पक्ष हो ।’’ उहाँले २०७४ को निर्वाचनमा जिल्लाबाट चुनाव जितेका व्यक्ति शक्ति मन्त्री बन्ने र शक्ति केन्द्रमा रहने गरेपछि जिल्लाको विकासमा ध्यान दिन नसकेको गुनाशो व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य निर्वाचित भएपछि नेता भण्डारीको पहलमा जिल्लामा सडक विस्तार, पुल निर्माण, खानेपानी आयोजना सञ्चालनलगायत शैक्षिक पूर्वाधार विकास तथा सुधारका दजर्नौ परियोजना सञ्चालन भएका थिए । जसमध्ये अधिकाङ्श परियोजनाहरु सम्पन्न समेत भइसकेका छन । डा. भण्डारीको उहाँकै विशेष पहलमा गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रिडी बजारस्थित कालीगण्डकी नदीमा तीन मुखे पुल समेत निर्माण सम्पन्न भएको छ ।
तीन जिल्ला गुल्मी–पाल्पा–स्याङ्जा जोडने सो पुललाई दक्षिण एसियाकै नमुना पुलका रुपमा लिने गरिन्छ रुपमा समेत परिचित भइसकेको छ । नेता भण्डारीले अघिल्लो गत निर्वाचनमा केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले झण्डै दुई तिहाई तथा नेकपा एमालेले बहुमत प्राप्त गरेपनि सत्ता चलाउन असक्षम हुँदा तीन बर्षमै सरकार परिवर्तन भएको बताउनुभयो ।
‘‘नेपाली जनताले विपी कोइरालापछि नेकपालाई झण्डै दुई तिहाइ जनमत दिए, मुलुक समृद्धिको बाटोमा अघि बढाउनुपर्ने जिम्मेवारी पाएको सो पाटीले तीन बर्ष पनि सरकार सञ्चालन गर्न सकेन ।’’ नेता भण्डारीले भन्नुभयो ।
आगामी निर्वाचनबाट आम मतदाताले नयाँ विकल्प खोजेको बताउँदे नेता भण्डारीले पाँच दलिय गठबन्धन त्यसको विकल्प भएको बताउनुभयो । उहाँले गुल्मीका जनताले एमालेको विकल्पका रुपमा नेपाली काँग्रेस तथा पाँच दलिय गठबन्धनलाइ रोज्ने विश्वास व्यक्त गर्नुभयो । २०७४ सालको प्रतिनिधि सभामा एकल बहुमत पाएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहका कारण पार्टी तीन चिरामा विभाजन भएको थियो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरे पछि नेपालको संविधान तथा लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलिय गठबन्धनको सरकार बनेको थियो ।उक्त गठबन्धन बनेपछि सम्पन्न भएका राष्ट्रिय सभाको निर्वाचन, स्थानिय निर्वाचनमा समेत जनमत गठबन्धनको पक्षमा देखिएको छ । नेता भण्डारीले आफूले जित्ने अर्को आधार पाँच दलिय गठबन्धन रहेको प्रतिक्रिया दिनुभयो ।
‘‘देशको संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलिय गठनन्धन निर्माण भयो गठबन्धनको मर्म अनुसार नै गुल्मी जिल्लामा उम्मेदवार चयन भएको छ । यसले मतदातामा थप उत्साह थपिएको म लगायत गठनबन्धनका उम्मेदवारले जित्ने अर्को आधार यो पनि हो ।’’ नेता भण्डारीले भन्नुभयो ।
उहाँले नयाँ पुस्तामा मुलुक परिवर्तनको तिव्र आकांक्षा रहेको र अब केवल भाषणमा मात्र राजनीति गरेर नपुग्ने बताउँदै आफूले नयाँ पुस्ताको भावना अनुसार कामगर्न सक्ने भएकाले पनि उनीहरुका रोजाइमा पर्ने विश्वाश व्यक्त गर्नुभयो । नेता भण्डारी युवा पुस्ताका लागि लोकपृय नेता मानिनुहुन्छ ।
संविधान सभा सदस्य निर्वाचित भए पछि नेता भण्डारीको पहलमा गुल्मी जिल्लामा झण्डै दुई दर्जन पुल निर्माण सम्पन्न भएका छन् । सो अवधिमा जिल्लाका अधिकाङ्श घरधुरीमा बाटो तथा खानेपानीको पहुच पुगेको छ । कृषि क्षेत्रको अत्यन्तै सम्भावना भएको गुल्मीमा उचित सिँचाइ, बजार तथा सुरक्षित भण्डारणको व्यवस्था हुन नसक्दा कृषकले अपेक्षित फाइदा लिन सकेका छैनन ।
त्यसका लागि नेता भण्डारीको पहलमा जिल्लामा उत्पादन भएका कृषि उपजको उचित भण्डारण तथा बजार व्यवस्थापनका लागि जिल्लाका प्रत्येक वडा तहमा नै चिस्यान केन्द्र स्थापना गर्ने तथा कृषि सङ्कलन केन्द्रमार्फत बजारसम्म पु¥याउने व्यवस्था मिलाउने गरी गृहकार्य समेत सूरु भएको छ ।नेता भण्डारी सहित गुल्मी क्षेत्र नम्बर– प्रदेश सभा सदस्यकालागि ‘क’ धनेन्द्र कार्की तथा ‘ख’ बाट माओवादीका नेता सुर्दशन बलालले समेत मनोनयन दर्ता गराउनु भएको छ ।
त्यसै गरी गठबन्धनको तर्फबा गुल्मी क्षेत्र नम्बर –२ का लागि समाजवादी पार्टीका सचिव तथा पूर्व सहरी विकास मन्त्री राम कुमारी झाँकी तथा सोही क्षेत्रबात प्रदेश सभा तर्फ नेपाली काँग्रेस लुम्बिनी प्रदेशको उपसभापति भूवन भूषाल तथा नेकपा एमालेका नेता बुद्धि जिसीले मनोनयन दर्ता गराउनु भएको छ ।
नेता भण्डारी एमाले नेता प्रदिप ज्ञवाली तथा नेतृ राम कुमारी झाँक्री गोकर्ण विष्टसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।मनोनयन दर्ता गर्ने क्रममा आइतबार हजारौ समर्थक तथा सुभेच्छुक सहित नेताहरु निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)