Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पार्टीभित्रका साथीहरुलाई समान अवसर र न्याय दिनुपर्छ : काँग्रेस नेता डा.चन्द्र भण्डारी

पार्टीभित्रका साथीहरुलाई समान अवसर र न्याय दिनुपर्छ : काँग्रेस नेता डा.चन्द्र भण्डारी

  • 2.8K
    SHARES

  • पार्टीभित्रका साथीहरुलाई समान अवसर र न्याय दिनुपर्छ : काँग्रेस नेता डा.चन्द्र भण्डारी

    बुटवल,माघ १४ ।

    नेपाली काँग्रेसको सम्पादन समिति बनाउने र निर्वाचनको मिति तोक्ने विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र छलफल गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

    हालै सम्पन्न १४ औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको पक्षसँग परामर्श र समन्वय नगरी कार्यसम्पादन समिति बनाउन लागेको प्रति शेखर कोइराला पक्षका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

    कोइराला पक्षबाट उपसभापतिमा उम्मेदवार भएका काँग्रेस नेता डा.चन्द्र भण्डारीले महाधिवेशनमा चालिस प्रतिशत मत ल्याएको पक्षलाई पनि समेट्न र समन्वय गर्न सभापति देउवासँग आग्रह गरे ।

    भागबण्डाको लागि नभइ न्याय र समान अवसरका लागि पार्टी भित्रको अर्को पक्षलाई सभापति देउवाले समेट्नु र समन्वय गर्नु पर्ने नेता भण्डारीको भनाई छ । बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति बनाउने चर्चा चलेपनि सभापति देउवाले पार्टी भित्रको अर्को पक्षसँग छलफल र परामर्श नगर्दा एउटा गुटको मात्रै कार्यसम्पादन समिति बन्ने आशंका व्यक्त गरे ।

    “हामीले पार्टीका साथीहरुलाई समान अवसर र न्यायका लागि सभापतिको ध्यानाकर्षण गराएका हौँ, हामीले भागबण्डा गर्न खोजेको होइन, हामी भागबण्डा विरोधी हाैँ,” उनले भने ।

    विगतमा भागबण्डा गर्दा पार्टीलाई कति क्षती हुन्छ भन्ने कुरा आफुहरुले बुझेको स्पष्ट पार्दै नेता भण्डारीले पार्टीका सवैलाई क्षमता, योग्यता र योगदानका आधारमा सभापतिले न्याय गर्नुपर्ने र भागबण्डा गर्ने प्रबृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology