Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचनमा जित र हार निरन्तर प्रक्रिया : डा.चन्द्र भण्डारी

निर्वाचनमा जित र हार निरन्तर प्रक्रिया : डा.चन्द्र भण्डारी

  • 2.2K
    SHARES

  • निर्वाचनमा जित र हार निरन्तर प्रक्रिया : डा.चन्द्र भण्डारी

    गुल्मी, मङ्सिर १०।

    गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका प्रभावशाली नेता डा। चन्द्र भण्डारीले निर्वाचनमा जित र हार हुने कुरालाई निरन्तर प्रक्रियाको रुपमा लिएको बताउनुभएको छ। 

    शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात् सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

    ‘‘मैदानमा उत्रिएपछि कि जित हुन्छ कि हार हुन्छ। यसलाई निरन्तर प्रक्रियाको रुपमा ग्रहण गरेको छु’’, डा. भण्डारीले भन्नुभयो। यसअघि २०७० सालको संविधान सभा सदस्यमा निर्वाचित हुनुभएका भण्डारीले आफूले सुरु गरेका योजनालाई पूर्णता दिने बताउनुभयो। उहाँले गुल्मीलाई विकास निर्माणमा नेपालको नमुना जिल्ला बनाउने उल्लेख गर्नुभएको छ। 

    डहरे खोलामा चार वटा पुलको आवश्यकता रहेको भन्दै त्यसलाई पूर्णता दिने उहाँको भनाइ छ। प्रजातन्त्रमा प्रश्न गर्ने नागरिक तयार गर्न सके मात्र यो व्यवस्था सुदृढ बन्ने उहाँले प्रष्ट पार्नुभयो।

    गुल्मेली जनताले आशा र भरोसा गरेर दिएको एक–एक मतको सम्मान गर्दै जिल्लाको विकास गरेर मूल्य तिर्ने उहाँको भनाइ छ। उहाँले यो आफ्नो मात्र जित नभएर समग्र गुल्मेली जनताको  विजयी भएको उल्लेख गर्नुभयो।

    गुल्मी– १ मा नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारीले नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीबीच कडा प्रतिस्पर्धा भएको थियो।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार भण्डारीले ३३ हजार ७४४ मत ल्याउनुभएको छ। उहाँका प्रतिद्वन्द्वी ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्नुभएको छ। भण्डारी एक हजार ५९२ मतान्तरसहित विजयी हुनुभएको हो।

    भण्डारी र ज्ञवाली ०६४ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आउनुभएको छ। ०६४ र ०७४ सालमा भएको निर्वाचनमा यहाँबाट ज्ञवाली निर्वाचित हुनुभएको थियो। 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology