Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल युवा युवतीबिहीन हुँदैछ यसलाई राेक्न पहल गर्छु : डा.चन्द्र भण्डारी

नेपाल युवा युवतीबिहीन हुँदैछ यसलाई राेक्न पहल गर्छु : डा.चन्द्र भण्डारी

  • 2.0K
    SHARES

  • नेपाल युवा युवतीबिहीन हुँदैछ यसलाई राेक्न पहल गर्छु : डा.चन्द्र भण्डारी

    काठमाडौं,पुस ७ ।

    नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीले विदेशीमा रहेको युवाहरुलाई कसरी नेपालमा ल्याउने तथा उनीहरुले आर्जन गरेको पुँजीलाई सम्मानजनक रुपमा नेपालमा भित्र्याउने काम गर्नुपर्ने बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताए ।

    बिहीवार संघीय संसद भवन परिसरमा शपथग्रहण प्रश्चात सञ्चारकर्मीहरुसँग बोल्दै सांसद भण्डारीले आगामी पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानून बनाउन संसदमा भूमिका खेल्ने बताएका हुन्।

    ‘पछिल्लो समय नेपाल युवा युवतीबिहीन हुँदैछन्, विदेशीमा रहेको युवाहरुलाई कसरी नेपालमा ल्याउने तथा उनीहरुले आर्जन गरेको पुँजीलाई सम्मानजनक रुपमा नेपालमा भित्र्याउने काम गर्नुपर्छ । कृषि क्षेत्रमा धेरै समस्या रहेको छ त्यो विषयमा संसदमा आवाज उठाउँछौं ।’

    उनले नेपाली युवाहरु विदेशी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए । सांसद भण्डारीले विदेशमा रहेको युवाहरुलाई नेपालमा रोजगारीको वातावरण बनाएर स्वदेश ल्याउन प्रयास गर्ने बताए । उनले देशको अर्थतन्त्र सबल बनाउन नीतिगत रुपमा सुधार गर्ने भूमिका खेल्ने पनि बताए ।

    उनले भने, ‘नयाँ सांसदहरुले भष्टाचार नियन्त्रण गर्नको निम्ति कानूनहरु कडा बनाउन भूमिका खेल्नुपर्छ । उनले नेपालका देखिएको स्वास्थ्य उपचारका लागि राज्यले सहजिकरण गराउने विषयमा संसदमा आवाज उठाउने बताए ।

    उनले पछिल्लो समय देशभित्र देखिएका स्वास्थ्य, शिक्षा,कृषि क्षेत्रका समस्या नीतिगत रुपमा समाधानको लागि आवाज उठाउने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology