Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण (को-को चुनिए ,नामावलीसहित )

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण (को-को चुनिए ,नामावलीसहित )

  • 6.0K
    SHARES

  • कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण (को-को  चुनिए ,नामावलीसहित )

    बुटवल,मंसिर ११ ।

    नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा खाँणको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    खाँण संस्थापन समूहका हुन् ।गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँणले यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए ।Final Result  congress rupandehi A.jpg

    रुपन्देहीको नेतृत्व सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँण आफै अगाडी सरेर सहमति जुटाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् ।

    उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा.अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएका छन् ।  सचिवमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा बासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएका छन् ।

    को-को  चुनिए हेराैँ ।

    1.jpg2.jpg3.jpg

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology