Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवा आक्रमण प्रकरण : कुटपीटमा संलग्न गुरूङको समुहलाई तत्काल कानुनी दायरामा ल्याउन माग (भिडियोसहित)

भैरहवा आक्रमण प्रकरण : कुटपीटमा संलग्न गुरूङको समुहलाई तत्काल कानुनी दायरामा ल्याउन माग (भिडियोसहित)

  • 7.9K
    SHARES

  • भैरहवा आक्रमण प्रकरण : कुटपीटमा संलग्न  गुरूङको समुहलाई तत्काल कानुनी दायरामा ल्याउन माग (भिडियोसहित)

    बुटवल,कार्तिक ४ ।

    रुपन्देहीको भैरहवामा मतगणनाका क्रममा आक्रमणमा गएराति घाइते पक्षले गृहमन्त्री बालकृष्ण खाँणको आडमा आक्रमण गरेको आरोप लगाएको छ। 

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (क) मा मतगणनाका क्रममा गएराति आक्रमणमा परि नेपाली कांग्रेस क्षेत्रीय समितिका सचिव पदका उम्मेदवार शैलेस पन्त घाइते भएका छन्। 

    पन्तको नाक फुटेकाले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घाइते पन्त पाैडेल समूहबाट उम्मेदवार हुन्। रुपन्देहीमा प्रदेश क्षेत्रमा संस्थापन र संस्थापन इतर समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन्। संस्थापन इतर समूहले शनिबार अस्पताल परिसरमै पत्रकार सम्मेलन गरी आक्रमण गर्नेलाई कारबाही र पुनः मतदानको माग गरेको छ।

    नेपाली कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, निर्वाचन क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार मातृकाप्रसाद यादव र ३ (क) का क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्नो समर्थकले निर्वाचन हार्ने देखिएपछि गृहमन्त्रीको आडमा गृह मन्त्रीका भाइ नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुरुङ्ग (सेते) नेतृत्वमा आक्रमण भएको आरोप लगाएका हुन्। 

    उम्मेदवार पुरन श्रेष्ठले अग्रता लिन थालेपछि आक्रमण भएको घाइते पन्तले बताए। १०–१५ जनाको समूहमा आएर निर्वाचनमा आफ्नो पक्षमा नहुने देखिएपछि सुनियोजित रूपमा आक्रमण गरी निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा पुर्‍याएको क्षेत्रीय सभापतिका उम्मेदवार श्रेष्ठले बताए।

    ‘हामी आपराधिक कार्यमा संलग्न सबै अपराधीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन गृह प्रशासन समक्ष जोडदार रूपमा माग गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ। 

    भौतिक आक्रमणले आसन्न ६ गते हुने नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशनमा आफ्नो पक्षमा नरहेका पार्टीका नेता कार्यकर्तालाई रोक्न एवं आफ्नो पकड जमाउन आफ्नो पक्षमा नरहेका कार्यकर्तालाई हतोत्साहित बनाउन आक्रमण गरेको संस्थापन इतरको आरोप छ। 

    नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले गृहमन्त्री र आफ्नो अनावश्यक रूपमा जोडेर प्रचार गरेको बताए। उनले घटना दुःखद भएको बताउँदै मतगणना स्थलमा आक्रमण नभएको बताए। ‘ घटनामा संलग्नहरूलाई के गर्ने भन्नेबारेमा जिल्ला कमिटीको बैठक बसेर एउटा टुंगोमा पुग्छौ,’ उनले भने। 

    हेराैँ पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्ति :

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा मिति २०७८ साल मंसिर ३ गते रुपन्देही जिल्लाको संघीय क्षेत्र नं ३ प्रदेश सभा क्षेत्र क मा निर्वाचन पश्चात् राति ९ बजे सुरु भएको मत गणना चलिरहेको अवस्थामा नेपाली कांग्रेस क्षेत्रीय समितिका सचिव पदका प्रत्याशी उम्मेदवार शैलेश कुमार पन्त समेतका नेता कार्यकर्ता माथि भएको सांघातिक आक्रमणको घटना प्रति हाम्रो गंम्भीर ध्यान आकृष्ट भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृह मन्त्री बालकृष्ण खाँणको आफ्नै गृह र निर्वाचन क्षेत्रमा

    राजनैतिक उद्देश्य प्राप्त गर्ने दुराशयले आफ्नै नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय कार्य हो ।

    मतदान पश्चात् मत गणना चलिरहेको अवस्थामा आफ्नो समर्थकले निर्वाचन हार्ने देखिए पछि गृहमन्त्रीको आडमा गृह मन्त्रीका भाइ नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोम बहादुर गुरुङ्ग (सेते) नेतृत्वमा रहेका १०-१५ जनाको समूहमा रहेका गुण्डाहरुको जत्थाले निर्वाचनमा आफेनो पक्षको हार हुने अवस्था देखिएपछि शसस्त्ररुपमा रातिको अन्दाजी २स्३० बजेको समयमा सुनियोजित रूपमा आक्रमण गरी निर्घात रूपमा कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएको घटनाप्रति घोर निन्दा प्रकट गर्दछौ । हामी आपराधिक कार्यमा संलग्न सबै अपराधीहरुलाई तत्काल कानुनी दायरामा ल्याउन गृह प्रशासन समक्ष जोडदार रूपमा माग गर्दछौ । आइतेहरु मध्ये गंभिर घाइते हुनु भएका शैलेश हाल बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा 

    उपचार भैरहेको र अन्य घाइतेहरूको भैरहवामा उपचार भइरहेको हुँदा सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।

    निर्वाचन जसरी आफ्नो पक्षमा पार्नुपर्छ भन्ने कलुषित मनसायले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कार्यकर्ताहरूमा डर,त्रास लालच देखाउने कार्य पहिलाबाट नै चल्दै आएकोमा यो भौतिक आक्रमणले आसन्न ६ गते हुने नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशनमा आफ्नो पक्षमा नरहेका पार्टीका नेता कार्यकर्ताहरूलाई रोक्न एवं आफ्नो पकड जमाई आफ्नो पक्षमा नरहेका कार्यकर्ताहरूलाई हतोत्साहित बनाई पार्टी कब्जा गर्ने कुण्ठित मानसिकताले यो घटना प्रायोजित रूपमा घटाइएको हो । तसर्थ नेताकार्यकर्तामाथि गराइएको यस्तो घटनाले समग्र कांग्रेसका सक्षम योग्य इमान्दार कार्यकर्ताको अपमान भएको छ । हामी राजनीतिमा अपराधिकरणको पुनः घोर भर्त्सना गर्दछौ ।

    आफ्नै पार्टी संगठन र कार्यकर्ताको सम्मान, संरक्षण र सहयोग गर्नु पर्ने व्यक्तिबाटै यस्ता घटनाको योजना र संरक्षण हुनु नेतृत्वको नालायकी र कुण्ठित मानसिकताको उपज भएकोले त्यस्ता व्यक्तिहरूबाट पार्टी संगठन र मुलुकको भलो हुन नसक्ने यसै पत्रकार सम्मेलन मार्फत केन्द्रीय नेतृत्वलाई जानकारी गराउँदछौँ । शक्ति र सत्ताको चरम दुरुपयोग गरी मतगणना स्थलमा सुरक्षाको जिम्मा लिनुपर्ने प्रहरी प्रशासनले समेत घाइते शैलेस कुमार पन्तलाई कुटपिट गर्दा समेत मूकदर्शक भई सुरक्षा प्रदान नगरी सुरक्षा संवेदनशीलता नदेखाएको परिपेक्षमा हामी नागरिकको जिउधन तथा शान्ति सुरक्षा नगर्ने गृह प्रशासनको रवैया प्रति खेद प्रकट गर्दछौ ।

    रामचन्द्र ढकाल पूर्व सभापति

    मातृका प्रसाद यादव

    क्षेत्रीय सभापति श्रेष्ठ

    पुरन प्रसाद प्रदेश सभापति

    २०७८-८-०४

    भैरहवामा काँग्रेसका दुइपक्षबीच विवाद : क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेस पन्तमाथि आक्रमण,मतगणना स्थगित

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology