बुटवल,कार्तिक ४ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको क्षेत्र नं ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।
घटनामा हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। घाईते मध्ये गम्भिर अवस्थाका सैलेश पन्तको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भई रहेको छ। पन्त क्षेत्रीय सचिवका उम्मेदवार हुन। पन्तको नाकमा गहिराे चाेट सहित नाकको डाँडी भाँचिएको छ ।
मतगणना स्थलमा शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले रामचन्द्र पौडेल पक्षधरमाथी आक्रमण गरेका हुन्।घाईते अन्यको भिम अस्पताल भैरहवामा उपचार भई रहेको छ। आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।
क्षेत्र नं ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुख छोपेर आएका तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङ लगायतका केही युवाहरुले आक्रमण गरेको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताए।
मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै गुरुङ नेतृत्वको एक हुल युवाहरुले मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण गरेको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)