Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अस्पतालमा उपचाररत पन्तले गृहमन्त्री खाँणसंग भने-‘दाइ अन्यथा नलिनु म हजुरसंग नै छु ! ’

अस्पतालमा उपचाररत पन्तले गृहमन्त्री खाँणसंग भने-‘दाइ अन्यथा नलिनु म हजुरसंग नै छु ! ’

  • 4.7K
    SHARES

  • अस्पतालमा उपचाररत पन्तले गृहमन्त्री खाँणसंग भने-‘दाइ अन्यथा नलिनु म हजुरसंग नै छु ! ’

    बुटवल,मंसिर ५ ।

    गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही भैरहवामा मतगणनाका क्रममा भएकाे आक्रमणका घाइते सचिब पदका उम्मेदवार शैलेश पन्तलाई भेट गरेका छन् । भेटको क्रममा उनले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिएको हाे ।

    मन्त्री खाँणले उनको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

    भेटमा घाइते पन्तले आफू गृहमन्त्री खाँणकै मान्छे भएको र कहिलेकाहीँ पार्टीभित्र यस्तो हुने प्रतिक्रिया दिएको पनि बताईएको छ । घाईतेको भनाई उद्धृत गर्दै सहभागी एक नेताले भने,‘दाई म तपाईकै मान्छे हो पार्टीभित्र कहिलेकाहीँ यस्तो हुन्छ, अन्यथा नलिनु म हजुरसंग नै छु ।’

    अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology