Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देही क्षेत्र न.-२ मा पाैडेल समुहको बर्चश्व (नामावलीसहित)

कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देही क्षेत्र न.-२ मा पाैडेल समुहको बर्चश्व (नामावलीसहित)

  • 3.1K
    SHARES

  • कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन : रूपन्देही क्षेत्र न.-२ मा पाैडेल समुहको बर्चश्व (नामावलीसहित)

    बुटवल,कार्तिक ४ । 

    नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र न २ ‘क ‘ र ‘ख’ मा रामचन्द्र पाैडेल निकट समुहको प्यानल नै बिजयी भएको छ । ४६ उम्मेदबार मध्ये ४२ जना पाैडेल निकट उम्मेदबार बिजयी भए । भने शेरबहादुर देउवा निकट समुहबाट ४ जना बिजयी भएका छन् ।

    कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गरेको हो ।

    बुटवलको हाटबजारमा रहेको बालमन्दिर परिषर उद्योग बाणिज्य संङ्घको कम्पाउन्डमा रूपन्देही क्षेत्र न २ ख को र बुटवल र तिलोत्तमा नगरपालिकाको सीमामा रहेको मगरघाट स्थित मगर संङ्घको भवनमा रूपन्देही क्षेत्र न २ क को मतदान भएको थियो । क्षेत्र न क अन्तर्गत ३०८ र ख  अन्तर्गत ३७० जना मतदाता रहेकोमा क्षेत्र न २ ख मा ३६२ मत खसेको थियाे ।

    ४६ उम्मेदबार मध्ये ४२ जना पाैडेल निकट उम्मेदबार बिजयी भएको निर्वाचन अधिकृत टीकाप्रसाद पौडेलले नागरिक अनलाइनलाइ बताए ।

    क्षेत्र न २ ख मा पौडेल समूहका पर्शुराम ढकालको प्यानल विजयी हुँदा देउवा समूहका रामेश्वर श्रेष्ठको प्यानल पराजित भएको छ । ढकालले २०६ मत पाए भने श्रेष्ठले १४७ मत मात्र पाए । 

    क्षेत्र न २ क मा खडग महतको प्यानल  बिजयी भयाे ।क मा देउवा समुहका सुरज क्षेत्री मात्रै बिजयी भए । निर्वाचन क्षेत्र नम्बर ३ क मा भने देउवा पक्षको आक्रमणबाट पौडेल समूहका उम्मेदवारसहित कार्यकर्ता घाइते भएपछि मतगणना स्थगित भएको छ । क्षेत्र नम्बर ३ ख मा देउवा समूहका घनश्याम चालिसे नेतृत्वको पुरै प्यानलले जित हासिल गरेको छ ।

    निर्वाचन क्षेत्र नम्बर ४ क मा महामान्त्री शशांक कोइराला निकट शिवकुमार यादव र ४ख मा कोइराला निकट नै श्रीराम यादव नेतृत्वको पुरै प्यानल निर्वाचित भएको छ ।

    यस्तै, क्षेत्र नम्बर ५ क रामबहादुर थापा नेतृत्वको प्यानल विजयी भएको छ भने ख मा यसअघि नै निर्विरोध भइसकेको छ । दुवै क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवार छानिएका हुन् ।

     

    nepali congress vote list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology