बुटवल,मंसिर १० ।
नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशशन तम्घासको बालमन्दिरमा सुरू भएको छ ।कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले शुक्रबार अधिवेशनको उद्घाटन गरेका हुन् ।
सो अबसरमा बोल्दै भण्डारीले नेपाली कांग्रेस नै जनताको एकमात्र साथी भएको बताए । उनले देश ,संबिधान र लोकतन्त्र रक्षाका रक्षाका लागि कांग्रेसलाइ जिताउनुपर्ने बताए ।
अधिवेशन भोलिसम्म जारी रहनेछ । क्षेत्र नम्बर १ बाट नौ सय ३९ र क्षेत्र नम्बर २ बाट आठ सय २७ जना गरेर १७ सय ६६ जना प्रतिनिधिले अधिवेशनमा नेतृत्व चयन गर्ने कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले बताए । अहिलेसम्म सभापतिमा खिलध्वज पन्थी र वेदबहादुर थापा मगरले उम्मेदवारी घोषणा गरेका छन् ।
पन्थी,पौडेल र थापा देउवा पक्षधर हुन् । त्यस्तै उपाध्यक्षमा अनन्तराम पौडेल र झबिन्द्र विकले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै सचिवमा भगतसिंह खड्का, पूर्ण केसी, जगदीश भट्टराई र थम्मनबहादुर केसीले उम्मेदवारी घोषणा गरेका छन् । सहसचिवमा रेशम कुँवर, धर्मराज पान्डेय, निरोज मरासिनी, छबिलाल पान्डेयले उम्मेदवारी दिएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)