बुटवल,मंसिर ३ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । रूपन्देही क्षेत्र न-१ ‘ख’ को मतगणना तिलाेत्तमा उधोग बाणिज्यको भवन भलबारीमा शुरु भएको छ । क्षेत्र न १ ख मा ३०९ मध्ये ३०५ मत खसेको हाे ।कांग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गरेको हो ।
क्षेत्र न २ ख को र बुटवल र तिलोत्तमा नगरपालिकाको सीमामा रहेको मगरघाट स्थित मगर संङ्घको भवनमा रूपन्देही क्षेत्र न २ क को मतदान भएको थियो ।
ख अन्तर्गत ३७० जना मतदाता रहेकोमा क्षेत्र न २ ख मा ३६२ मत खसेको निर्वाचन अधिकृत टीकाप्रसाद पौडेलले नागरिक अनलाइनलाइ बताए ।
संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुदैछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।
कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६–१७ गते हुदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा आज प्रदेश सभा क्षेत्रीय अधिवेशन भैरहेको हो ।आज अधिवेशन हुन नसकेका जिल्लामा जिल्ला निर्वाचन अधिकृतले नयाँ मिति तोक्ने अधिकार निर्वाचन समितिले दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)