बुटवल,मंसिर ११ ।
नेपाली काँग्रेसको रुपन्देहीको १४ औं महाधिवेशन अन्तरगत आज हुँदैछ । मनोनयन दर्ता बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ ।आजै सबै प्रकृया सकेर मतदान भाेलि बिहान ८बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
वडादेखि क्षेत्रसम्म दुई समुहमा प्रतिस्पर्धा भएको नेपाली काँग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा सहमति जुटेको हाे ।
सभापतिमा बर्तमान जिल्ला सचिव रामकृष्ण खाँणको नाम सर्वसहमत छ । काँग्रेसको १४ औं अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अव्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका छन् ।
नगर र क्षेत्रीय अधिवेशनहरु सकिएका छन् । प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह (सभापति शेरबहादुर देउवा) पक्ष बलियो देखिएको छ ।
क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमा संस्थापन ईतर समुहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका छन् । क्षेत्र नं २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन ईतर समुहबाट निर्वाचित भएका हुन् भने क्षेत्र नं १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समुहबाट निर्वाचित भए ।
संस्थापन समुहमा पनि जिल्लामा नेताहरु बालकृष्ण खाँण र भरतकुमार शाहको अलग अलग समुह देखिएको हाे । त्यसरी हेर्दा क्षेत्र नं १ र ३ मा बालकृष्ण खाँण तथा क्षेत्र नं ५ मा भरतकुमार शाह निकटका क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनीधि चुनिएका छन् ।
क्षेत्र नं २ मा ९ जना महाधिवेशन प्रतिनीधि संस्थापन समुहका छन् भने क्षेत्र नं ४ मा भागवण्डामा सहमति गरिएको हो ।
गृहमन्त्री खाँण, नेता शाह र पौडेल पक्षको बिचमा भएको सहमतिले पदाधिकारीहरु बाडफाँड भएको जनाईएको छ । जिल्ला सभापति र एक सचिव तथा एक सहसचिव खाँण समुहलाइ , एक उपसभापति र एक सचिव शाह समुहलाइ र एक उपसभापति, एक सचिव र एक सहसचिव पद पौडेल समुहलाइ बाड्ने गरि सहमति भएको स्राेतले नागरिक अनलाइनलाइ बतायो ।
संस्थापन समुहबाट सभापति पदमा उम्मेदवारको चर्चामा पहिलेदेखी नै जिल्ला सचिव रामकृष्ण खाँणको रहेको थियो ।सभापति बन्न लागेका रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहाेदर भाइ समेत हुन् ।
यस्तै संस्थापन समुहबाटनै सभापति पदमा उपसभापति फणेन्द्र शर्मा र नेता युवराज गिरीको नाम चर्चामा भएपनि गिरी महाधिवेशनमै पराजित भएका थिए ।
त्यस्तै संस्थापन ईतर समुहबाट जिल्ला सभापतिमा नेताहरु थानेश्वर घिमिरे, रामबहादुर कार्की, रामचन्द्र ढकाल र अष्टभुजा पाठकको नाममा चर्चामा थियो ।
निर्वाचन कार्यतालिका :

यी समाचार पनि हेराैँ :-

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)