बुटवल,मंसिर ७ ।
नेपाली काँग्रेसको रुपन्देही क्षेत्र नं १ को सभापतिमा हिरा केसी निर्वाचित भएका छन्। १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट केसी दाेश्राेपटक क्षेत्रीय सभापतिमा निर्वाचित भए । विश्वनाथ यादवसंग भएको प्रतिस्पर्धामा सभापतिमा विजयी केसीले ३९६ मत प्राप्त गरे भने यादवले २१५ मत प्राप्त गरे ।
त्यस्तै सचिव पदमा बैजनाथ शाहनी र बिजय गुरुङ् तथा सहसचिवमा नरबहादुर थापा सुरज र मोहम्मद रजा पठान निर्वाचित हुनु भए । सचिव र सहसचिवमा विजयी उम्मेदवार पनि केसी समुहकै हुन् । महाधिवेशन प्रतिनीधिको भने मतगणना जारी छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)