Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा कांग्रेस अधिवेशन : क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन ,३ मा मतदान नै स्थगित !

रुपन्देहीमा कांग्रेस अधिवेशन : क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन ,३ मा मतदान नै स्थगित !

  • 3.9K
    SHARES

  • रुपन्देहीमा कांग्रेस अधिवेशन : क्षेत्र न. ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन ,३ मा मतदान नै स्थगित !

    बुटवल,मंसिर ६ ।

    रुपन्देहीका २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। निर्वाचन क्षेत्र न ४ र ५ मा सर्वसम्मत नेतृत्व चयन भएको हो।  विवादका कारण निर्वाचन क्षेत्र न ३ मा निर्वाचन नै स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत भेषराज घिमिरेले नागरिक अनलाइनलाई बताए।  

    यसअघि निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क्षेत्रीय निर्वाचनको मतगणनाका क्रममा संस्थापन पक्ष र संस्थापन इतरबीच विवाद भएपछि प्रतिनिधिसभाका उम्मेदवार शैलेश पन्त घाइते भएका थिए । यही घटनाले विवाद हुँदा सोमबारका लागि निर्धारण गरिएको निर्वाचन तालिकाअनुसार प्रक्रिया अघि बढ्न नसकेको हो। chunab nc.jpg

    सोमबार सम्पन्न अधिवेशनबाट रुपन्देही-५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्विरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए। 

    त्यसैगरी रुपन्देहीको क्षेत्र नं ५ मा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएका छन्।  रुपन्देही-४ मा वर्तमान क्षेत्रीय सभापति मुकेश यादव पुनः दोहिरिएका छन्। यादवको नेतृत्वमा सर्वसम्मत रूपमा कार्यसमिति चयन भएको निर्वाचन अधिकृत घिमिरेले बताए। निर्वाचन क्षेत्र न १ र २ मा मतदान भएको हाे । 

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन्। देवदहमा मतगणना जारी छ। 

    रुपन्देही-२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन्। अधिकांश प्रदेशसभा सदस्य महाधिवेशन प्रतिनिधिमा उम्मेदवार छन्। 

    कांग्रेसका प्रदेशसभा लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका वसिउद्दीन खाँ र सांसद अष्टभुजा पाठक, प्रदेशसभा सदस्य फकरुद्दीन खाँ, रमा अर्याल, पुष्पा थरुनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार छन्।

    क्षेत्र न. २ मा मतगणना भाेलि बिहान ८ बजेबाट शुरु हुने : 

    रुपन्देही-२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन्। यहाँ ६८० मतदाता मध्ये ६६९ मत खसेको निर्वाचन अधिकृत टीका पाैडेलले नागरिक अनलाइनलाइ बताए ।  बुटवलमा काजीमान श्रेष्ठ टीमले मतगणना भाेलिका लागि सार्न माग गरेपछि सहमतिमै सारिएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology