बुटवल,मंसिर ८ ।
रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा नेपाली काँग्रेस महाअधिवेशन प्रतिनिधी दीर्घ बहादुर केसी (कुमार) माथी भएको आक्रमणको नेपाली काँग्रेस क्षेत्रीय समितिले घोर निन्दा एवं भ्रत्सना गरेको छ ।
नेपाली कांग्रेसको १४ औ महाधिवेशनका क्रममा उनीमाथि मंगलबार राति बुटवलमा आक्रमण भएको हो । घाइते केसीको मुखमा चोट लागेको छ । उनको थप उपचार काठमाडौमा भइरहेको छ ।

रुपन्देही नेपाली काँग्रेस क्षेत्रीय समिति,प्रदेश समिति, नगर समिति र महाअधिवेशन प्रतिनिधीहरुले बुधबार एक प्रेश विज्ञप्ती जारी गर्दै निर्वाचनको मतगणना वेला उम्मेदबार माथी नै आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै आक्रमण गर्ने बुटवल ९ का प्रशान्त कोइरालालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका हुन् । मतगणना स्थलमा उम्मेदारीमाथी आक्रमण हुदाँ प्रहरी प्रशासन मुक्दर्शक बनेको र आक्रमण गर्नेलाइ कारबाही नगरी संरक्षण गरेकोमा आपत्ती जनाइएको छ ।
शान्तिपूर्ण रुपमा भैरहेको मतगणना प्रभाबित पार्ने बुटवल ११ निबासी रिता केसी र बुटवल ९ का प्रशान्त काेइरालाले प्रदर्शन गरेको उनीहरुको आराेप छ । उनीहरुलाई कारबाहीको माग गर्दै कांग्रेसका २३ जना नेताले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति समेत सार्बजनिक गरिएको छ ।
क्षेत्रीय सभापति हरी लम्साल,प्रदेश सभापति परशुराम ढकाल, खड्क बहादुर महत ,नगर सभापति खेलराज पाण्डे, यस्तै महाअधिवेशन प्रतिनिधी राम बहादुर कार्कि, रोमणी प्रसाद पाठक लगायतले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दे घटनाको दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् ।

यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)