Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा लम्साल विजयी,सचिवमा भट्टराई र गिरीले बाजी मारे (मतपरिणाम)

काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा लम्साल विजयी,सचिवमा भट्टराई र गिरीले बाजी मारे (मतपरिणाम)

  • 6.4K
    SHARES

  • काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा लम्साल विजयी,सचिवमा भट्टराई र गिरीले बाजी मारे (मतपरिणाम)

    बुटवल,मंसिर ८ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्रन -२ को सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मतान्तरले रामचन्द्र पाैडेल निकट समुहका लम्साल दाेस्राे पटक सभापतिमा विजयी भएका हुन् । १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा मिश्रित परिणाम देखिएको छ ।

    सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा संस्थाप पक्ष देउवा समूहका काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले नागरिक अनलाइनलाइ जानकारी दिए । सचिवमा शेरबहादुर देउवा निकट समुहका उम्मेद्वार प्रजापाल गिरी र पाैडेल समुहका बिमलराज भट्टराई निर्वाचित भए । सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे ।

    सहसचिव पदमा  मिलन थापा ३५१ र राजबहादुर क्षेत्री ३४० मत सहित विजयी भएका छन् । निर्वाचनबाट विजयी हुने अन्य सदस्यहरुमा महिला सदस्य प्रदेशसभा क तर्फ उमादेवि थापा क्षेत्री ३५५, खुल्ला सदस्य प्रदेशसभा क तर्फ नारायण भट्टराई ३४२ र कर्णबहादुर टन्डन ३२८ रहेका छन् । महाधिवेशन प्रतिनिधीमा पनि मिश्रित परिणाम छ ।

    यसैगरी महिला सदस्य प्रदेशसभा ख तर्फ दीपा थापा ३३३ प्रदेशसभा ख को खुला सदस्यतर्फ लोकबहादुर कुँवर ३३० र दिपक रायमाझी २४३ रहेका छन् । महिला सदस्य प्रतिनिधिसभामा प्रभा अर्याल ३५० र प्रतिनिधिसभाको खुला सदस्य तर्फ विवेश पुरी ३११, हिमाल गैरे ३६१ र पुर शाही २९७ रहेका छन् ।

    खस आर्यतर्फ राजेन्द्रप्रसाद रिजाल ३१०, आदिवासी जनजाति महिलामा लक्ष्मी श्रेष्ठ २९४, आदिवासी जनजाति खुला टेकबहादुर रेश्मी ३११, दलित खुल्ला ओमप्रकाश बिक २८७,मधेशी र अपाङ्ग र अल्प सङ्ख्यक तथा मुस्लिमका तर्फबाट अदिल अहमद खान २५०,गाेपाल पाण्डे विजयी भएका छन् । थारु खुल्लातर्फ धनमन्ती थारु निर्विरोध भएकी थिइन् ।

    महाधिवेशन प्रतिनिधीमा रामबहादुर कार्की,दीर्घबहादुर केसी कुमार,चिरञ्जिबी पाैडेल,महेशमान सिंह,हरिबहादुर आचार्य क्षेत्री,राेमणी पाठक,कुलप्रसाद लामिछाने,गाेकर्ण पाैडेल,चुन्नप्रसाद पाैडेल,फडिन्द्र प्रसाद शर्मा,नुमा थापा,गुप्तबहादुर क्षेत्री,गंगा गुरूङ,महेश थैव,बालकुमारी भण्डारी,रिता सेन ओली,माया गाैतम,गाेपाल पाण्डे,नारायण पुन,डिल्लीप्रसाद शर्मा आचार्य ,जमुना ढकाल,प्रकाश राना,साबित्रा टण्डन,रामबली चाैधरी,सुन्दर कुमार गहतराज लगायत छन् । कूल ६८० मतदाता रहेको यस क्षेत्रमा ६६९ मत खसेको थियो ।

    हेराैँ मतपरिणाम :-

    result congress.jpg

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology