बुटवल,मंसिर ७ ।
रुपन्देहीको क्षेत्र नम्बर २ मतगणना स्थगित भएको छ । मतगणना स्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार)माथि आक्रमण भएपछि मतगणना स्थगित भएको हो ।
रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो । केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएपछि बिथोलिएको हो । यसअघि क्षेत्र न ३ भैरहवामा पनि क्षेत्रिय सचिवका उम्मेदबार शैलेश पन्थमाथि आक्रमण भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)