बुटवल,मंसिर ८ ।
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे ।
काँग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने बताएका थिए।
यो पटक संस्थापन समूहमा रहेका खड्का पक्षले अग्रस्थान ओगटेको छ । पालिकादेखि प्रदेशसभा निर्वाचन क्षेत्रको चुनावमा पौडेल पक्षलाई निकै कमजोर पार्दै खड्का समूहले आफ्नो वर्चश्व कायम गरेको छ। क्षेत्र नं–१ मा भएको क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पनि सबै संस्थापन समूहका उम्मेदवार विजयी भए।
संस्थापन समूहका झकबहादुर डाँगीले ७१९ मत ल्याएर विजयी हुँदा रामचन्द्र पौडेल समूहका बलबहादुर वलीले १०३ मत मात्रै प्राप्त गरेका थिए ।यस्तै सचिवमा संस्थापन समूहका मोहन राना, पदमबहादुर खत्री, सहसचिवमा संस्थापन समूहका प्रेमसिंह ठकुरी र यामलाल पंगाली निर्वाचित भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)