Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क)मा राम बहादुर थापाको प्यानल विजयी

कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क)मा राम बहादुर थापाको प्यानल विजयी

  • 3.6K
    SHARES

  • कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क)मा राम बहादुर थापाको प्यानल विजयी

    बुटवल,मंसिर ४ ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ (क) क्षेत्रिय अधिबेशन मतदान प्रक्रियाबाट टुंगिएकोछ । क्षेत्र नं. ५ (क) पुर्व सभापति समेत रहेका राम बहादुर थापा र पुर्व उप सभापति गुरु प्रसाद पराजुलीको प्यानल बिच भएको मतदान प्रक्रियामा राम बहादुर थापाको प्यानल बिजयी भएको हो । विजेता थापाले सभापति पदका प्रत्यासी उमेद्धार गुरु प्रसाद पराजुलीलाई १९८-९२ मतले पराजित गरी नेतृत्व हात पार्नु भएको हो ।

    यस्तै दुई उप सभापति पदमा राम बहादुर थापाको प्यानलबाट तिर्थी कुमारी थरुनी र नारायण प्रसाद पन्त तथा गुरु प्रसाद पराजुलीको प्यानलबाट राधिका चौधरी र हिमलाल अर्यालले उमेद्धारी दिएकोमा राम बहादुर थापाको प्यानलबाट उमेद्धारी दिएका तिर्थी कुमारी थरुनी र नारायण प्रसाद पन्तले १५२-१२४ र १९८-७७ मतले राधिका चौधरी र हिमलाल अर्याललाई पराजित गरि विजयी हुनुभएको छ।

    यस्तै दुई सचिव पदमा थापाको प्यानलबाट चित्र तुलाचन र चुरामणी भुसाल तथा पराजुलीको प्यानलबाट पिताम्वर ज्ञवाली र धन बहादुर खत्रीले उमेद्धारी दिनु भएको थियो । सचिव पदमा पनि राम बहादुर थापाकै प्यानलबाट उमेद्धारी दिएका दुबै उमेद्धारहरु विजयी हुनु भएको छ। यस्तै दुई सह सचिव पदमा पनि थापाको प्यानलबाट उमेद्धार दिनु भएका जितेन्द्र यादव र टिकाराम न्यौपाने विजयी भएको नेपाली कांग्रेस १४ औं महाधिबेसनका लागि निर्वाचन अधिकृत नुरजंग के.सी.ले जानकारी दिनु भएको छ ।

    खुल्ला तर्फ प्रदेश प्रतिनीधिका लागि राम बहादुर थापाको प्यानलबाट उमेद्धारी दिनु भएका देबिलाल पौडेल, खिमराज पोख्रेल, मुक्त बहादुर थापा, शंकर ज्ञवाली, अशोक कलवार, राम नारायण कहार र सुस्मा थापा तथा प्रदेश प्रतिनिधि खुल्ला महिला तर्फ मञ्जु न्यौपाने, रमा गौतम र सीता पाण्डेले उमेद्धारी दिनु भएको थियो । गुरु पराजुलीको प्यानलबाट खुल्ला तर्फ प्रदेश प्रतिनीधिका लागि कमलराज गौतम, बिष्णु प्रसाद पाण्डेय, डिलाराज भुषाल, प्रेम नारायण पोख्रेल, ओम प्रकाश पौडेल, अमर पुन र टोपलाल भट्टराई भने उमेद्धारी दिनु भएको थियो भने प्रदेश प्रतिनिधिकै लागि महिला तर्फ अपसरा तिवारी र टोपकला घिमिरे उमेद्धारी दिनु भएको थियो । खुल्ला तर्फ प्रदेश प्रतिनीधिमा पनि थापाको प्यानलबाट उमेद्धार दिएका सबै विजयी हुनु भएको छ ।

    यसैगरी समावेशी तर्फ प्रदेश प्रतिनीधिका लागि उमेद्धार दिएका थापाका सबै उमेद्धारहरुले विजय प्राप्त गर्नु भएको छ। थापाको प्यानलबाट प्रदेश प्रतिनीधिका लागि तुलराज ज्ञवाली (खस आर्य पुरुष), आभा दवाडी शर्मा (खस आर्य महिला), अम्मर गुरङ्ग (जनजाती) ईनर तेली (मधेसी), राज कुमारी चौधरी (थारु), चम्पा बि.क. (दलित)ले उमेद्धारी दिनु भएको थियो भने पराजुलीको प्यानलबाट दामोदर ढकाल (खस आर्य पुरुष) ईन्दिरा गैरे (खस आर्य महिला), ईन्द्र बहादुर राना (जनजाती) दिपक बि.क.(दलित०, मालती थारु (थारु)र गोरखनाथ बानिया (मधेसी)ले उमेद्धारी दिनु भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology