Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको तनहुँ क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश प्रतिनिधिमा एलिजा ढकाल निर्वाचित

कांग्रेसको तनहुँ क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश प्रतिनिधिमा एलिजा ढकाल निर्वाचित

  • 2.6K
    SHARES

  • कांग्रेसको तनहुँ क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश प्रतिनिधिमा एलिजा ढकाल निर्वाचित

    बुटवल,कार्तिक ४ । 

    नेपाली कांग्रेसकी युवा नेतृ एलिजा ढकाल लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।नेपाल विद्यार्थी संघको नेतृ समेत रहेकी ढकाल तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    युवा नेतृ ढकालले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको तनहुँ कांग्रेसका कार्यकर्ताहरूले जनाएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला तनहुँमा पनि युवा नेतृ ढकालले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएकी छिन् ।

    कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरूले राम्रा स्थानहरूमा जितेका छन् । युवाहरूलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology